Logo

भिड्नु पनि पर्दो रै’छ : कुलमान घिसिङ


काठमाण्डौ- सेतोपटिसँग गरिएको कुराकानिमा कुलामान घिसिङले कहिले काही भिड्नु पनि पर्दो रै’छ भनेको छन । बाकी जस्तोको त्यस्तै कुलामान घिसिङकै शब्दमा । रिसाउनेभन्दा पनि कार्यान्वयनको तहमा जाँदा त्यो ‘एग्रेसिभनेस’ देखाउनु पर्ने बाध्यात्मक स्थिति हुँदो रहेछ। रसुवामा पनि परिस्थिति बुझ्दा दुई जना मान्छेले दुई सय जना मजदुरलाई काम गर्न रोकेका थिए। कुनै खास कारण नै थिएन। आम मानिसहरूको मुद्दा पनि थिएन। मात्र व्यक्तिगत  स्वार्थमा त्यस्ता कुरा भएको थियो। कुनै पनि ठाउँमा काम भएन भने दोष विद्युत प्राधिकरण र कुलमान घिसिङलाई आउँछ। त्यसैले मैले हस्तक्षेप गर्न खोजेको हो। त्यहाँको माहौल बनाउन खोजेको हो। प्रोजेक्ट टिमलाई ढाडस दिन खोजेको हो। आयोजनामा काम गर्नेहरूलाई माथिबाट सहयोग गर्न सकिएन भने कहाँ काम हुन्छ? स्थानीय भन्दैमा एक जनाले प्रोजेक्ट नै बन्द गरिदिने? यो स्थिति हुन हुँदैन भनेर मैले हस्तक्षेप गरेको हो। रसुवामा म जसरी प्रस्तुत भएँ रिसाएजस्तो देखियो। कहिलेकाहिँ अलिकति ‘एग्रेसिभ’ हुनुपर्छ। प्रोजेक्टहरू कार्यान्वयनमा जाँदा यस्तो हुन्छ।

जहाँसम्म लेखा समितिको कुरा छ, कसैलाई व्यक्तिगत तहमा आरोप लगाउनु राम्रो होइन। लेखा समिति सम्मानित संस्था हो। तर त्यहाँ व्यक्तिगत लाञ्छना लागाउने कुरा भयो, एक जना सांसदबाट। मेरो आवेश त्यसको प्रतिउत्तर हो। तर मैले उहाँलाई अनादर गर्ने गरी केही बोलेको छैन। जुन हिसाबले उहाँ प्रस्तुत हुनुभयो त्यसको जवाफ दिएको मात्र हो।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्