Logo

व्यवस्थापिका संसदका समितिहरुको बैठक आज बस्दै, मुख्य एजेण्डा यस्ता छन्


काठमाडौं । व्यवस्थापिका संसदका समितिहरुको बैठक बस्दैछ । संसदमा पाँच समितिको बैठक आज बस्दैछ । राज्यब्यवस्था तथा शुसासन समितिको बैठक बस्दैछ । समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयकका विषयमा छलफल गर्नेछ ।

 

बैठक ११ बजे बस्नेछ । त्यस्तै उद्योग बाणिज्य तथा उपभोक्त हित संक्षण समितिको बैठक पनि बस्दैछ । समितिले स्वदेशी उद्योगको संरक्षणका सम्बन्धमा छलफल गर्दैछ । समितिले मन्त्री, सरकारी अधिकारी र ब्यवसायीलाई छलफलका लागि बोलाएको छ । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनको अनुगमन मुल्याङन समितिको बैठक पनि बस्दैछ ।

समितिले शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलसँग शिक्षा नीति र त्यसको कार्यान्वयनका विषयमा छलफल गर्नेछ । बैठक बिहान ११ बजे नै बोलाइएको छ । अर्थ समितिको बैठक पनि बस्दैछ । समितिको बार्षिक प्रतिवेदनका विषयमा छलफल हुनेछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्