सिक्किम निर्वाचन : २५ बर्षदेखिको चाम्लिङ सरकार ढल्नु ८ कारण हेर्नुस ! र, पी.एस. गोले को हुन ?
सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता प्रेमसिंह तामाङ (पी.एस. गोले)ले उल्टाई दिएका छन् । भारतको १७ औं विधानसभा चुनावमा चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले पराजय व्यहोरेको छ ।
सिक्किममा विधानसभाका ३२ सिटमध्ये पी.एस. गोले नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । जबकी सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।
सिक्किमको एकमात्र लोकसभा सिटमा पनि सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । यससँगै सिक्किम क्रान्तिकारी मोर्चाले राज्य विधानसभा र लोकसभा दुवैमा आफ्नो पकड जमाएको छ । सवै विकासमा पवन चाम्लिङ नेतृत्वको सरकार एसडिएफ पार्टीले गर्यो । छैठौं पटकको प्रतिस्पर्दामा दलले हारभएपनि उनि भारतको राजनीतिमा एक पेले नेता हुन् । तथापि चाम्लिङ सरकार किन ढल्यो त ? यस्ता छन् आठ कारणहरु ।
१ भ्रममा समाजः
प्रतिपक्ष दल सिक्किम क्रान्तिकारी पार्टीको मुख्य एजेण्डा भनेको तामाङ र लिम्बु समाजलाई आरक्षण दिनु हो । तामाङ र लिम्बुलाई आरक्षण दिएर अरुलाई के गर्ने ? आरक्षण भन्ने त्यतिबेला चाहिन्छ जतिबेला आफ्नो अस्तित्व खतरामा छ । त्यो कुरा बुझाउन नसक्नु चाम्लिङ सरकारको कम्जोरी थियो । त्यहाँ अर्को समुह छ हेवेन्लिपाथ उसले पनि फलामसिंह राई हत्या आरोपीको मुद्धा फिर्ता पाउँ भनेको थियो । अदालतमा गएको मुद्दा फिर्ता गर्न मिल्ने नमिल्ने बारे चाम्लिङको संगठनले प्रष्ट पार्न सकेनन् । यि दुई सामाजिक समस्या उदाहरण मात्र हुन् ।
२ जुझारु नेता नहुनुः
एसडिएफमा सवै नेताहरु राम्रा भएरनै सिक्किमको विकास सम्भव भयो । तर सरकारको राम्रो कामलाई पनि प्रतिपक्ष र प्रतिकृयावादी (सिक्किम शान्त नचाहने) हरुले नकारात्मक प्रचार गर्दा सरकार पक्षका नेता कार्यकर्ताहरुले कही पनि डटेर जवाफ दिन सकेनन् ।
३ कमजोर मिडियाः
लोकतान्त्रिक मुलुकमा आफ्नो पक्षमा प्रचार गर्न मिडिया हाउस अघोषित प्रयोगमा ल्याउने चलनछ । सिक्किम सरकारले मिडियालाई स्वतन्त्र छोडिदियो । जव सिक्किम क्रोनिकल भन्ने नयाँ मिडियाललाई प्रतिपक्षले समायो तव मात्र सरकार पक्षको आँखा खुल्यो र खोज भन्ने मिडियालाई माध्यम बनायो । तुलनात्मक रुपले खोज भन्दा सिक्किम क्रोनिकलको रिपोर्टहरु आकर्शक भैदियो । प्रतिपक्षले सोसल मिडियालाई पनि अत्याधिक प्रयोगमा ल्यायो । तर सरकारपक्षकाले सोसल मिडियामा खास क्रिया वा प्रतित्रियान दिनै सकेनन् ।
४ विकासको प्रचार गर्न नसक्नुः
सरकार पक्षले यति धेरै विकास गरेका छन् । यो विकास अन्य भारतका राज्यहरुभन्दा सयौं गुणा राम्राछन् । सडक, विजुली, खानेपानी, स्वास्थ्य तथा अस्पताल, शिक्षा, रोजगारी, अग्र्यानिक राज्य, धार्मिक तथा पर्यटन विकास, खेलकुद, रासन सहुलियत, निःशुल्क विद्युत , जमित तथा जनता आवास कार्यक्रम, एयरपोर्ट, रोजगार, सुरक्षा लगायत छन् । यी मध्ये एक वटालाई मात्र अन्य राज्यसंग तुलना गरेर राम्रो प्रचारमा ल्याएको भए धेरै सहयोग पुग्ने थियो । धेरै टाढा हैन दार्जेलिङ संग तुलना गर्न सकेको भएपनि जित काफि थियो ।
५ गोर्खाल्याण्डको पक्षमा बोल्नुः
उत्तर वंगाललाई गोर्खाल्याण्ड बनाउने आन्दोलन चल्दा पवन चाम्लिङले गोर्खाल्याण्ड ल्याउन मद्दत गर्ने भनेर सार्वजानिक भाषण गरे । उनले हेक्का राखेनन्की गोर्खाल्याण्डका खास नेता मदन तामाङ मार्नेहरु यसै भिडमा खुलेआम छन् भनेर । चाम्लिङको विरोधमा पश्चिमबंगालकी मुख्यमंत्री रुष्ट भईन् । दुई मुख्यमंत्री वीच वाक युद्ध चल्यो । लगत्तै सिक्किममा चुनाव आयो । चुनाब प्रचारका लागि प्रतिपक्षले वेष्टबंगालबाट प्रसस्ती सवारी ल्यायो । वेष्ट वंगालको सवारी खाली आएन भरिएरनै आएको थियो । अर्को संयोग दार्जेलिङमा ममता ब्यानर्जी समर्थक विनय तामाङले जिटिए प्रमुखको जिम्मेवारी पाएका थिए । दार्जेलिङमा गोर्खाल्याण्ड आन्दोलन नगर्ने पक्षको प्रशासन ममताले ल्याएपछि यसको असर स्वतः सिक्कमको चुनावमा भयो ।
६ नयाँ स्वादः
दैनिक मासु खाँदा मानिसलाई एकदिन वाक्क हुन्छ अनि सोँच्छ गुन्दुक खाएर चंगा होऔं । यस्तै गुन्द्रुक चाख्ने मानिसको स्वभावले पनि धेरै मलजल गर्यो प्रतिपक्षको विजयी गराउन ।
७ एजेण्डा विहिनः
काम गर्नेको लागि चुली कहिल्यै पुरा हुँदैन । सिक्किममा अझ धेरै कामहरु गर्नु छ । तर त्यसको लागि खै एजेण्डा ? फेरिपनि चाम्लिङ भनेर प्रचार गर्नु एजेण्डा थिएन, स्लोगन थियो । तर स्लोगन संग एजेण्डा कहीँ आएन । पवन चाम्लिङको प्रस्ताव भारत भरी बिक्छ ।
सिक्किमबाट मास्टर्स डिग्रि गर्ने नागरिकहरु वार्षिक सयौं उत्पादन हुन्छन् । उनिहरु आफ्ना योग्यता भन्दा साना जागिर खान बाध्य छन् । यो योग्य जनशक्तिलाई केन्द्रीय सरकार मार्फत रिजर्वेशनमा अफिसर बनाउन चाम्लिङले सक्थ्यो । यही एउट एजेण्डा आएको भए पनि चुनावमा धेरै सहयोग मिल्ने थियो ।
८ नबोल्ने बैद्धिक समाजः
सिक्कीममा ८ वटा युनिभर्सिटि छन् । सबै चाम्लिङकै पालामा स्थापना भयो । यहाँका सयौं डाक्टर, प्रोफेस, विद्यार्थीहरु प्राविधिक कारण वाहेक चाम्लिङकै पक्षमा छन् । अफसोच उनिहरु खुलेर कोहीपनि बोलेनन् । वौद्धिक वर्ग जो दल निकट नहुन सक्छ, भोट नमाग्न सक्छ तर राजनीतिले सिक्किमलाई कता डोर्याउँदैछ ? प्रतिकृया दिनु उसको दायित्व थियो ।
को हुन् पी.एस. गोले ?
अब गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले नयाँ सरकार बनाउने छ । गोले विगतमा पवन चाम्लिङकै पार्टीमा थिए । तर, उनले त्यहाँबाट अलग भएर नयाँ पार्टी ‘सिक्किम क्रान्तिकारी मोर्चा’ (एसकेएम) गठन गरेका थिए ।
सन् १९९० मा प्रेमसिंहले ग्राजुएट शिक्षकको रुपमा सरकारी जागिर खाए । तर तीन वर्षमै शिक्षक पदबाट राजीनामा दिए । त्यसपछि उनी सामाजिक र राजनीतिमा अझ सक्रिय भएर लागेका थिए । भ्रष्टाचारको मुद्दामा केही महिना जेल सजायँसमेत भोगेका गोले आफू चुनावमा प्रतिष्पर्धा नगरे पनि उनको पार्टीले विधानसभाका ३२ वटै सिटमा उम्मेद्वार खडा गरेको थियो ।
सिक्किमको प्रमुख प्रतिपक्षी सिक्किम क्रान्तिकारी मोर्चाले भ्रष्टाचार नियन्त्रण गर्ने र बेरोजगारलाई रोजगारी दिने मुख्य एजेन्डा लिएर चुनाव लडेको थियो ।