७० हजार डलर पाउने : सन्दीपको ठूलो अनुबन्ध

काठमाडौँ — लन्डनमा भएको ड्राफ्टबाट युवा स्टार सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) बार्वाडोस ट्राइडेन्टसले पाँचौं राउन्डमा अनुबन्ध गरेको छ ।
उनले कम्तीमा ७० हजार डलर पाउने छन्। गत वर्ष सन्दीपले सेन्ट किट्सबाट सीपीएल खेलेका थिए।