Logo

सगरमाथाबाट ४ वटा शव आधारशिविर झारियो [भिडियोसहित]


सोलुखुम्बु । सगरमाथा सफाई अभियान २०७६ टोलीले ४ वटा शव आधारशिविरमा झारेको छ । विभिन्न समयमा सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएका आरोहीहरुको वेवारिसे शव आधारशिविर झारिएको हो ।

हिउँले पुरिएको शव हिउँ पग्लिएर बाहिर निस्कीएपछि सगरमाथा सफाई अभियान टोलीले आधारशिविरमा झारेको खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष तथा सगरमाथा सफाई अभियान २०७६ टोलीका संयोजक ङिमदोर्जी शेर्पाले बताए । सगरमाथाको माथिल्लो आधारशिविर क्याम्प ३ बाट २ वटा र खुम्बु आइसफलबाट २ वटा गरी ४ वटा शव आधारशिविरमा झारिएको संयोजक शेर्पाले बताए ।

शव धेरै वर्ष पहिलेको भएकाले उनीहरुको पहिचान खुल्न सकेको छैन । शव नेपाली वा विदेशीको भन्ने समेत पहिचान खुल्न सकेको छैन । शवको पहिचान खुलेपछि सम्बन्धित देशको दुतावासमा खबर गरी शव बुझ्न आग्रह गरिने पनि संयोजक शेर्पाले बताए ।

सगरमाथा सफाई अभियान २०७६ मा खुम्बुपासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदुषण नियन्त्रण समिति, नेपाली सेनाको शम्सेर गुल्म नाम्चे लगायत अन्य संघ संस्थाले संयुक्त रुपमा सगरमाथाको सफाई अभियान चलाएको पनि संयोजक शेर्पाले बताउनुभयो । सगरमाथा सरसफाईको क्रममा संकलन फोहोर नेपाली सेनाको हेलिकोप्टरबाट नाम्चेबजासम्म झारिने छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्