मेयरले कुटे वडा सचिव र ओभरसियरलाई : पत्रकारलाई पटक पटक लोप्पा खुवाउंदै दूर्व्यबहार
मेयर द्वारिकालाल चौधरीद्वारा सिसि टिभी बन्द गरेर कर्मचारीलाई कुटपिट
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले वडासचिव र सब ओभरसियर माथि हातपात गरेका छन् । चौधरीले इटहरी–१९ का वडासचिव मनोज दाहाल र इटहरी उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कालाई हातपात गरेका हुन् । आज मेयर चौधरीले सब ओभरसियर खड्कालाई कार्यालयबाट हातपात गर्दै गलत्याएर निकाले ।
यो सँगै इटहरी १९ का वडा सचिव दाहाललाई कार्यालयमै बोलाएर ‘यी सबै भ्रष्ट हुन्’ भन्दै हातपात गरे । मेयर चौधरीले सीसी टिभि बन्द गरेर वडासचिवलाई कुटपिट गरेको बताइएको छ । यसैबीच, मेयर चौधरी बिरुद्ध कर्मचारीहरु आन्दोलनमा जुटेका छन् । आजै कर्मचारीहरुले अनिश्चितकालीनका लागि उपमहानगरपालिकामा तालाबन्दी समेत गरेका छन् । यता ईलाका प्रहरी कार्यालय इटहरीमा पीडित दाहाल र खड्काले जाहेरी दिएको भएपनि दर्ता भईनसकेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले कर्मचारीहरुले जाहेरी दिएको भएपनि आवश्यक अनुसन्धान गरेर मात्रै सबै कुरा बोल्न मिल्ने जानकारी दिए ।
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले पत्रकारलाई आफ्नो छोरासँग तुलना गर्दै दुव्र्यवहार गरेका छन् । बुधबार वडा सचिव र सव ओभरसियरलाई कुटपिट गरेको विषयमा समाचार संकलनको क्रममा प्रतिक्रिया लिन पुगेका पत्रकारद्धय विकल रेग्मी र कृष्णबहाव भट्टराईलाई गाली गलौज गर्दै मेयर चौधरीले दुव्र्यवहार गरेका हुन् । मेयर चौधरीले पत्रकार रेग्मीलार्इ कठालो समातेका थिए भने भट्टरार्इलाइ सार्वजनिक स्थलमा अभद्र शैली व्यवहार गरे ।
टाकुरा न्युजले अगाडी लेखेको छ- मेयर चौधरीले आफ्नो छोरासँग उमेरको तुलना गर्दै अभद्र व्यवहार गरेका थिए । ए भाई तिमी कति बर्षको पुग्यौ ? मेरो कान्छो छोरो २४ बर्षको छ भन्दै अभद्र शैली अपनाए । उनले फोगटिया प्रश्न गरेको भन्दै आक्रोश पोखेका थिए । मेयर चौधरीले पत्रकार भट्टराईले प्रश्न गर्दा यस्ता प्रश्न नगर म लोपारि नै दिन्छु भन्दै हातले लोपारेका थिए । अब मलाई जान देउ छोड्देउ भन्दै मेयर चौधरी बाहिरिएका थिए । यसैबीच नेपाल पत्रकार महासंघ सुनसरीले एक विज्ञप्ती जारी गर्दै भत्र्सना गरेको छ । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रताको माग गरेका छन् ।