इटहरीका मेयरको अर्को चेतावनी- अब लात्तले हान्छु !

धरान । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले सेवाग्राहीसँग घुस लिएको भन्दै आप्mनो कार्यालयका दुईजना कर्मचारीमाथि दुव्र्यवहार गरेका छन् ।
वडा नं १९ का सचिव (नायब सुब्बा) मनोज दाहाल र सबओभरसियर राम खड्काले सेवाग्राहीसँग घुस लिएको थाहा पाएपछि मेयर चौधरीले उनीहरुलाई ‘भ्रष्ट कर्मचारी कार्यालयमा नआउनू’ भन्दै गेटबाट निकालेका थिए ।
घुस्याहा कर्मचारीमाथि दुव्र्यवहार गरिएपछि उपमहानगरका कर्मचारीहरुले भने मेयर चौधरीविरुद्ध आन्दोलन गरिरहेका छन् ।
दाहाल र खड्काले आपूmहरुलाई कुटपिट गरिएको दाबी गरेका छन् ।
दाहाल र खड्कामाथि दुव्र्यवहार भएपछि उपमहानगरका कर्मचारीहरुले ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्ने नारा लगाउदै कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
वडा १९ का सचिव दाहालले सामान आपुर्ति गर्न एकातिर टेन्डर आव्हान गर्ने र अर्कोतिर पुरानै तरिकाले जहाँबाट आफूलाई कमिसन आउथ्यो त्यहीबाट सामान उपलब्ध गराएको थाहा पाएपछि मेयर चौधरीले दाहालाई बोलाएर राजीनामा मागेका थिए ।
‘मनोज दाहाललाई तिमी अब राजीनामा देऊ, सुरक्षित बाटो भने । दिन्न तँ साला थारु मेयर गर्छन् भनेर अपशब्द बोल्यो,’ कर्मचारी कुटिएको घटनाबारे पत्रकारहरुको जिज्ञासामा मेयर चौधरीले भने, ‘अनि मैले कठालो समाते ।’
पीडित कर्मचारीहरुले भने मेयरकै कक्षमा सिसिटिभि बन्द गरेर आफूहरुलाई गर्दै कुटपिट गरेको जिकिर गरिरहेका छन् ।
मेयरको ‘दादागिरी भयो’ भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
हक्की स्वभावका मेयरले कोही कर्मचारी भ्रष्टाचार गर्छ भने उसलाई फुलमाला लाउनु ? भन्दै पत्रकारहरुसँग प्रतिप्रश्न समेत गरे ।
उनले भ्रष्टचार गर्ने कर्मचारी मात्रै नभएर आफ्नै पार्टीका नेताहरुलाई पनि नछोड्ने प्रष्ट पारे । उनी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका मेयर हुन् ।
मेयर चौधरीविरुद्ध दाहाल र खड्काले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी समेत दिएका छन् । तर प्रहरीले उजुरी दर्ता नगरेको बताइएको छ ।
प्रायः सरकारी कर्मचारीहरु भ्रष्ट भएकै कारण देशमा विकास हुन नसकेको आम बुझाइ छ ।
नेपालको कर्मचारीतन्त्र भ्रष्ट रहेको कर्मचारीहरु नै स्वीकार गर्दछन् ।