जबरजस्ती करणी गरी फरार एक अभियुक्त पक्राउ परेका छन्। बाजुराको खप्तड छेडदह गाउँपालिका-४, गुदुखाती बस्ने वर्ष १८ का अमर बहादुर धामी पक्राउ परेका हुन्।
गत जेठ ८ गते साँझ १७:३० बजेको समयमा धामीले सोही स्थान बस्ने एक ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए।
उनलाई गएराति ९:४५ बजेको समयमा साेही वडाको भगाड भन्ने स्थानमा लुकीछिपी रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरको हो। उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
