बैतडी: आगलागीमा परी एकै परिवारका तीनको मृत्यु, प्रहरीको टोलीले आगो नियन्त्रणमा

बैतडी । बैतडीमा आगलागीमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बुधबार राति पौने ११ बजे पुर्चौडी नगरपालिका ७ बसपार्क छेउमा टहरो बनाएर बसेको परिवार आगलागीमा परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५, कुवाकोटका ५० वर्षीय करे लुहार उनकै ४५ वर्षीया श्रीमती बिन्द्रा र ८ वर्षीय छोरा मजोज रहेका छन् ।
राति खाना खाएर सुतेका बेला चुल्होबाट आगो सल्केको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागी भएको थाहा पाएपछि स्थानीय बासिन्दा र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
तर, स्थानीयले नियन्त्रणमा लिनु अघि नै टहरो भित्र सुतेका तीनै जनालाई आगोले निलिसकेको थियो ।