जापानले नेपालमा बनाइदियो अहिलेसम्मकै उत्कृष्ट सडक (हेर्नुहोस् भिडियो)
काठमाडौं । नेपालको सडक संरचना निकै जर्जर छ । करोडौं खर्चिएर पनि गतिलो सडक नबन्ने र बनेका सडकको पनि मर्मत नहुने परिपाटी पुरानै हो ।
यही बीचमा बिपी राजमार्ग भने भब्य बनेको छ । जापानले बनाइदिएको बिपी राजमार्ग स्तरीय त छ नै मनोरम पनि छ । जापानले आफ्नै लगानीमा थालेको बिपी राजमार्गको स्तरोन्नति झण्डै २४ वर्षपछि सकियो ।
सन् २०१५ मा उसले नेपाल सरकारलाई यो सडकखण्ड हस्तान्तरण पनि गरिसकेको छ । धुलिखेल हुँदै सिन्धुली जाँदा कोहिलाई विदेशनै गएको आभास हुन्छ । सफा, स्तरीय र चिटिक्कको सडकले जो कोहिको मन लोभ्याउँछ । अहिले यो सडक नेपालकै भब्य र स्तरीय सडकमा गनिन्छ ।यो सडकखण्डमा धेरै घुमाउरो भएकाले दुर्घटना पनि धेरै हुने गरेको छ ।
तर, लापरवाही नगरी संयमित भएर सवारी चलाउनेलाई यस्तै घुमाउरो सडक मन पर्छ । कुल १६० किलोमिटरको यो सडक निर्माणमा जापानले २६ अर्ब जापानी येन खर्चेको थियो । राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने राजमागका पनि लिइन्छ बिपी राजमार्गलाई । यसलाई बनेपा–सिन्धुली–बर्दिवास वामध्य पहाडी राजमार्ग सडक भनिन्छ । जापान को सहयोग मा निर्मित यो राजमार्गलाइ देश को एक उत्कृष्ट राजमार्गको रुपमा चिन्न सकिन्छ ।