Logo

तेरिया मगरलाई ८० पश्न, सुजन मार्पासँगको सम्बन्धको बारेमा यसो भन्छिन्…(भिडियो सहित)


काठमाडौँ । नेपालको रुपन्देही जिल्लाको रुद्रपुर अवस्थित सुनगाभा चोककी हुन् तेरिया फौजा मगर । सानै उमेरमै भारतको चर्चित रियालिटि सो ‘डान्स इन्डिया डान्स’को उपाधि जित्न सफल भएकी थिइन् तेरिया मगरले।

त्यसपछिको समयमा अर्को भारतीय डान्स रियालिटि सो ‘झलक दिखला जा सिजन ९’ मा समेत विजेता बन्न सफल भएकी थिइन् तेरिया । सानै उमेर देखी नै डान्समा रुचि राख्ने तेरिया आफ्नो मेहिनेत र सम्पूर्ण नेपालीहरूको साथ सहयोगले गर्दा उनी सफलताको शिखर चुम्न सफल भइन् ।

तेरिया फौजा मगर डान्समा मात्रै सीमित छैनिन्। केही दिन पहिले पहिलो पटक “तिम्रो मायाले बाँधेर राख” बोलको कभर गीतमा आफ्नो सुरिलो आवाज दिई सजाएकी छिन ।

उनि डान्सका साथै गायन क्षेत्रमा पनि अब्बल गायिका बन्दै गैरहेकी छिन । यसै बिचमा तेरिया फौजा मगरलाइ उत्सवले ८० रमाइला प्रश्न सोधेका छन् । हेरौ उत्सवको ८० पश्नमा तेरिको जवाफ भिडियो सहितः

तेरियाको पहिलो कभरगीत , मिठो स्वरकी धनी रहेछिन् तेरिया…(भिडियो सहित)
केही वर्ष पहिले भारतीय रियालिटि सो ‘डि आइडी लिटिल मास्टर’को प्रथम विजेता हुन सफल भएकी नेपाली चेली हुन् तेरिया मगर । नेपालको रुपन्देही जिल्लामा जन्मिएकी तेरिया सानै उमेरमै भारतमा आफ्नो प्रतिभाले नेपालको नाम राख्न सफल भएकी थिइन् ।

उनले ‘डान्स इन्डिया डान्स’मा मात्र नभई अर्को भारतीय रियालिटी सो ‘झलक दिखलाजा’मा पनि विजेता हुन् सफल भएकी थिइन् । डान्सर तेरिया मगर अहिले १५ वर्षकी भइन् । तरिया डान्समा मात्र सीमित रहेकी छैनन् ।

उनि डान्सका साथै गायन क्षेत्रमा पनि अब्बल गायिका हुन् भन्दा धेरैलाई पत्यार नलाग्ला तर उनले साँच्चै मिठो गीत पनि गाउँछिन् । आफ्नो गायन प्रतिभालाई बेला बेलामा टिकटकमा उनले प्रस्तुत गर्दै आइरहेकी टेरियाकी पहिलो पटक कभर गीतमा आफ्नो सुरिली आवाज भरेकी छिन् । उनले “तिम्रो माया बाँधेर राख” गीतको कभर गीत बनाएकी छिन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्