नेपालको एक चर्चित गायिका मेनुका राईको कोरियमा एकल साझ हुने भएको छ ।

यही आउदो शनिबार मे २५ तारिकमा भब्य कार्य्क्रम हुँदैछ । यसको आयोजक ट्यापिकल नेपालाले गरेको हो ।

शनिबारको सिंदुरे साँझ कोरियमा हुने कुरा चर्चित संगीताकार डिआर टुले भनेको छन ।

त्यस्तगरी कोरियामा रहेका अन्य चर्चित कलाकारहरुको दमदार प्रस्तुती रहनेछ।

सुपरहिट गीत “नम्बरी चप्पल “का नम्बरी गायक रमेश कुमार श्रेष्ठले झन दमदार प्रस्तुती दिनेछ ।

कार्यक्रमको लागी मेनुका राई कोरिय पुगिसकेकी छिन ।

 

को हुन मेनुका राई ?

मेनुका राई एक नेपाली पप तथा आधुनिक गायिका हुन्। मेनुका राई पछिल्लो समयमा नेपाली गीत सङ्गीत क्षेत्रमा एकदमै लोकप्रिय अनि चर्चित नाम हो। उनीद्वारा गाइएका ‘नौ लाई सुन्ने नब्बे…’, ‘यो छोरिलाई…’, ‘मायाको ओखति…’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।