महिलाहरुमा पनि हुन सक्छ “सेक्स एडिक्ट” यस्ता हुन्छन् लक्षणहरु
काठमाडौं : यौन चाहाना मानवीय गुण नै हो । कतिपय मानिसमा धेरै यौन चाहाना हुन्छ भने कतिपय ब्यक्तिमा कम । अप्राकृतिक स्तरमा सेक्सको अत्याधिक चाहाना हुनुलाई सेक्स एडिक्सन् भन्ने गरिन्छ ।
तर कतिपय ब्यक्तिमा भने अप्राकृतिकरुपमा नै चाहिने भन्दा बढी यौन आसक्ति रहेको पनि पाइन्छ । जसलाई यौन आशक्ति छ उसलाई थाहा नहुन पनि सक्छ कि अरुलाई यस्तो हुन्छ कि हुँदैन भनेर । भर्खरै मात्र गरेको अध्यनका क्रममा सेक्सको लतमा रहेका भनिने ब्यक्तिमा यौन चाहाना अत्याधिक हुने गरेको र यो चाहाना सामान्य मानिसमा भन्दा धेरै मात्रामा हुने गरेको निष्कर्ष निकालेका थिए । केटिहरुको लक्षण विचार गरेर यौन दुव्र्यसनी भए नभएको पत्ता लगाउन सकिने बताएका छन् ।
सेक्स एडिक्सनका लक्षणहरु :
– राम्रो केटा देख्ने बित्तिकै यौन चाहना हुनु ।
-परिचय भएको २/४ दिनमा नै केटा संग आबश्यक भन्दा बेसी नजिक हुनु ।
-सामाजिक संजाल मार्फत अत्याधिक केटाहरु संग बोल्नु तथा सोच्नु र नयाँ नयाँ केटा खोज्नु ।
-केटाहरुले भेट्न बोलाउने बित्तीकै खुसि खुसि उनीहरुले भनेको ठाउँ मा जानु ।
-बारम्बार सेक्सको बारेमा ध्यान जानु अनि केटाहरुको अगाडि आफुलाई नियन्त्रण गर्न नसक्नु ।
-मदिरापान गरे पछि यौनको आशक्ति भएर अपरचित केटा संग नजिक हुनु र यौन ब्यबाहार दर्शाउनु ।
-सामाजिक संजालमा धेरै भन्दा धेरै यौन गतिबिधि पढ्नु, हेर्नु सेक्स एडिक्सनको लक्षण हो ।
– यौनजन्य बिचार वा ब्यवहार नियन्त्रण गर्न बारम्बार प्रयास गर्दा पनि सक्नु हुन्न वा असफल भैरहनु भएको छ भने पनि यो सेक्स एडिक्सनको लक्षण हो ।
– अरुको मनस्थिति वा आफ्नै समेत शारीरिक वा भावनात्मक अवस्था ख्याल नगरी जतिबेला पनि यौनजन्य गतिवधि गर्न खोज्नु हुन्छ भने यो पनि समस्या हो ।
– इज्जतको समेत ख्याल नगरेर यौनिक क्रियाकलापमा उत्रिन थाल्नु भो भने सम्झिनुस् तपाइँ सेक्स एडिक्ट हो ।
– सेक्सको क्षमता भए पनि नभएपनि जतिबेला पनि दिमागमा सेक्स सम्बन्धी बिचार आउनु वा यस्ता गतिविधीका लागि उद्दत रहनु सेक्स एडिक्सनको लक्षण हो ।
– तपाइँ निराश भएको बेला, तनाव हुँदा वा दिक्क लाग्दा सेक्स बारे कल्पना गर्नु हुन्छ वा त्यसका लागि कदम नै चाल्नु हुन्छ भने यो सेक्स एडिक्सनको संकेत हो ।
– महत्वपूर्ण काम गरिरहेको समयमा वा परीक्षाका लागि पढिरहेको समयमा समेत यौनजन्य बिचारले दुःख दिन्छन् वा यौन जन्य गतिविधी गर्नु हुन्छ भने यो पनि त्यसकै लक्षण हो । जुन कुरा यौन सम्बन्धी छैन त्यसमा समेत यौनिक विषय जोड्ने मनस्थितिमा पुग्नुलाई सेक्स एडिक्सन भनिन्छ ।
– यदि तपाइँ अपरिचित ब्यक्तिसँग पनि यौनजन्य गतिविधी गर्न वा पैसा तिर्न समेत तयार हुनु भने पनि सम्झिनुस् तपाइँमा समस्या छ । निकटसँग यौनजन्य ब्यवहार स्वभाविक हो तर अपरिचितसँग पनि उस्तै बिचार आउन थाल्नु सेक्स एडिक्सनको संकेत हो ।