Logo

एचआइभी संक्रमित ५६ बर्षीय श्रेष्ठद्वारा सगरमाथामा नयाँ कीर्तिमान : आरोहणका लागि छेकेन रोग र उमेरले


काठमाडौं । विगत २५ वर्षदेखि एचआइभीबाट संक्रमित पूर्व राष्ट्रिय खेलाडी गोपाल श्रेष्ठले बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

पोखरा निवासी ५६ वर्षिय गोपाल श्रेष्ठले संक्रमितहरुलाई दया, माया वा हेला नभई अवसर र सहभागिताको अनुकूल वातावरण भए तिनले पनि अरु सामान्य मानिसले झैं आफ्नो परिवार, समाज, राष्ट्र र सम्पूर्ण विश्वकै लागि केही गर्न सक्ने सन्देश समेत दिएका छन् । उनी एचआइभी संक्रमित सगरमाथा चढ्ने पहिलो विश्व कीर्तिमानी समेत भएका छन् । एचआइभीबाट संक्रमित ब्यक्ति पनि स्वस्थ व्यक्ति जस्तै लामो समय बाँच्न मात्र होइन साहसिक काम पनि गर्न सक्छन भन्ने उनी उदाहरण बनेको उनका सहयोगीहरुले जनाएका छन् ।

ad ad ad
सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि. का फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा आरोही श्रेष्ठले सगरमाथा आरोहण गरेका हुन् ।

΄स्टेप अप क्याम्पेनः सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गर्न सफल श्रेष्ठले यसअघि थोराङ्–ला पास (५४१७ मिटर), आइसल्याण्ड पिक (६१८९मिटर) र भर्जिन पिक खाङ कार्पो (६६४६ मिटर) को आरोहण गरिसकेका छन् । उनी सन् २०१५ को भयानक भूकम्पका कारण सगरमाथा आधार शिविरमा घाइते भएकोमा उनको उद्धार गरिएपछि सगरमाथा आरोहण त्यतिबेला अवरुद्ध भएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्