Logo

तीन नेताबीच गोप्य छलफल, नेकपाभित्र के हुदैं छ ?


प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा ‘गोप्य’ छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा ओली र प्रचण्ड दुई नेताबीचको छलफल करिव ३ घण्टा चलेको थियो भने पछि महासचिव विष्णु पौडेललाई समेत बोलाएर छलफल भएको हो । बिहान ९ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि उनीहरुले पार्टीका महासचिव विष्णु पौडेललाई पनि बालुवाटार डाकेका थिए ।
त्यसपछि ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल भएको हो । ओली र प्रचण्डबीच भएको उक्त छलफलमा सरकारका काम कारवाहीप्रति बाहिर भएका आलोचना, नेकपाको एकता प्रक्रियामा भएको ढिलाइ, सरकारले ल्याएको विधेयक तथा जेठ १५ मा सार्वजनिक गर्न लागिएको बजेटलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
पछिल्लो समय सरकारले संसदमा पेश गरेका मिडिया काउन्सिललगायतका विधेयकमा प्रमुख प्रतिपक्ष दल तथा सञ्चारकर्मीहरुले चर्को विरोध गर्दै आएका छन् ।
प्रमुख प्रतिपक्षले मिडिया काउन्सिल विधेयक संसदबाट कुनै हालतमा पारित गर्न नदिने अडान राख्दै आएको छ ।

त्यस्तै नेकपाको एकता प्रक्रिया अन्र्तगत पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरुको कार्य्विभाजन हुन नसकेकोमा नेता कार्यकर्ताहरुमा असन्तुष्टी पोखिन थालेको छ ।

नेताहरुबीच छलफलपछि चाँडै नै सचिवालय बैठक बोलाउने विषयमा पनि कुराकानी भएको बताइएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्