आफूले चुनाव हार्ने भएपछि गुप्तबासमा नरेन्द्र मोदी, नतिजा नआउँदै केजरिवालले गरे हारको घोषणा

नेपालको छिमेकी राट्र भारतको लोकसभाको निर्वाचन अन्तिम चरणमा पुगेका बेला अनेक अनेक फण्डा आइरहेका छन् । चुनावी सरगर्मी नै यसरी तातेको छ कि चुनावलाई आफ्नो पक्षमा पार्न अनेक प्रकारका फण्डा गर्न कसैले बाँकी राखेका छैनन् ।
भारतिय जनता पार्टी र कांग्रेस आइ विच निर्वाचनमा कडा प्रतिस्पर्धा चलिरहेको अनुमान गरिएको छ ।कांग्रेस आइका अध्यक्ष राहुल गान्धिले मोदीलाई अबको केहि दिनको मात्र प्रधानमन्त्री हो भनेर घोषणा समेत गरेका थिए।
यतिबेला चुनावी माहोल आफ्नो पक्षमा नपर्ने होकी भनेर नरेन्द्र मोदीमा भावनात्मक प्रेसरमा देखिन्छन् । अनेक फण्डा गर्न खप्पीस मोदीले चुनावको अन्तिम घडीमा आएर फेरि अर्को फण्डा गरेका छन् ।
जसको चर्चा अहिले भारतभर भइरहेको छ । मोदीले लोकसभा निर्वाचनमा अन्तिम चरणको मतदान अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तपस्या गर्न केदारनाथ पुगेका छन् । शनिबार केदारनाथ मन्दिरको गुफामा तपस्यामा बसेका हुन् ।
बिहीबार बिहान उनी देहरादुन गएका थिए, जहाँबाट हेलिकोप्टर लिएर केदारनाथ पुगेका हुन् । बिहान केदारनाथ पुगेपछि उनले त्यहाँ पूजा गरेका थिए । पूजापछि उनले केदारनाथ क्षेत्र विकासको गुरुयोजनाबारे जानकारी लिएका थिए । यसपछि उनी तपस्यामा बसेका हुन् ।
यसैबीच कनै समय थियो आम आदमी पार्टीबाट अरविन्द केजरीवाले यस्तो नतिजा निकाले कि त्यसले भारतमा मात्रै होइन सिंगो विश्वमानै हलचल ल्याइदियो । तर अहिले अवस्था उस्तै रहेन दिल्ली राजनीतिले नयाँ मोड लिएको छ ।
कुनै समयका शक्तिशाली रहेका केजरीवाल यति कमजोर भएछन् की निर्वाचनको नतिजा नआइकनै हार स्विकार गरेर चुनावी मैदानबाट भागेका छन् । भारतको दिल्लीमा ७ सीटका लागि लोकसभाको चुनाव भइसकेको छ । नतिजाको केही समय प्रतिक्षा छ । तर नतिजा सार्वजनिक नहुँदै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हार स्वीकार गरेका हुन् ।
उनले अन्तिम समयमा दिल्लीका मुस्लिम समुदायको भोट कांग्रेसलाई गएको बताएका छन् । इण्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा केजरीवालले चुनावको ४८ घण्टा अघिसम्म सातवटै सीट जित्ने आकलन गरेको भएपनि अन्तिम समयमा मुस्लिम समुदायको भोट कांग्रेसमा सिफ्ट भएका कारण नतिजा फरक आउने बताएका हुन् ।
भारतमा भएको चुनावको एकरात अघि भएको यो उथलपुथलबारे आफूहरुले पत्ता लगाइरहेको उनले बताएका छन् । अरविन्द केजरीवालको यो बयानप्रति दिल्लीका पूर्व मुख्यमन्त्री शीला दीक्षितले प्रतिक्रिया समेत दिएकी छन् ।
‘मलाई थाहा छैन उनी (केजरीवाल) किन यस्तो कुरा गरिरहेका छन् । जनतामा आफूले चाहेको उमेद्वारलाई भोट दिन पाउने अधिकार छ । दिल्लीका जनताले कसको शासनमा के भएको छ सबै थाहा पाएर मताधिकार प्रयोग गरेका होलान्,’ उनले भनेकी छन् ।