Logo

प्रहरीको गोली लागेका विप्लब कार्यकर्ताको मृत्यु, देश गृहयुद्दमा फस्ने खतरा


भोजपुरमा विप्लव कार्यकर्ता माथि प्रहरीले चलाएको गाेली लागेर घाइते भएका तिर्थराज घिमिरेको मृत्यु भएको छ। षडानन्द नगरपालिका २ कुदाककाउलेका नेकपाका कार्यकर्ता ३२ बर्षिय घिमिरे प्रहरीको गोलि प्रहारबाट गम्भिर घाइते भएका थिए।

मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँबाट गिरफ्तार गर्ने क्रममा प्रहरिले उनीमाथि गोली चलाएको थियो।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए।

गोली लागेर गम्भिर घाइते भएका उनको स्थानिय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाइएको थियो। मंगलवार साझ पाँच बजे धरान पठाइएको उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार विहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

टेम्केमैयुङ्ग गाउँपालिका वडा नं.२ छिनामखुस्थित धोत्रे जङ्गलमा उनीमाथि प्रहरीले गोलि चलाएको थियो । उक्त ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ। त्यस क्रममा उनीहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए।

यता नेकपाले भने सो घटना प्रत्यायोजित भएको प्रतिक्रिया दिएको छ । सामान्य निशस्त्र मान्छेलाई कब्जामा लिई योजनाबद्ध तरिकाले गोलि हानेर प्रहरीले हत्या गरेको हो, यसको जवाफ पार्टीले दिन्छ, सो पार्टीका एक केन्द्रिय सदस्यले प्रतिक्रिया दिएका छ्न ।

यो पनि पढनुस…. मान्छे मार्दै वार्ताको नाटक गर्दै ओली सरकार

ओली सरकार आफैले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग आन्तरिकरुपमा वार्ता गरिरहेको समाचार बाहिरीएको छ । सोमप्रसाद पाण्डे नेतृत्वको यस अघिको समितिले नै नेतृत्वको पार्टीसँग अनौपचारिक कुराकानी गरिरहेको बताइएको छ ।

सरकारले सो पार्टीलाई दमन गरेरै सिध्याउने नीति लिएको छ । श्रोतका अनुसार धरपकड र पक्राउ गरेर दमन गर्ने नीति लिएको चरण पुरा भएको छ । अब संवाद गर्ने भन्ने छ र प्रधानमन्त्रीज्यू पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तत्कालीन वार्ता टोलीका एकसदस्यले भनेको कुरा मिडियामा आएको छ । प्रधानमन्त्रीले पनि विप्लवप्रति नरम नीति लिएको र आक्रामक अभिव्यक्ति दिन छाडेको ती सदस्यले बताए ।

वार्ताका लागि प्रधानमन्त्री सचिवालयका टिम र तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे समेतको टोली खटिएको जनाइएको छ । उनीहरूले विप्लव नेतृत्वको नेकपाका दोस्रो तहका नेतालाई भेटेर वार्ताको वातावरण बनाउन थालेको समाचारहरु आइरहेका छन् । गत फागुन २८ गते विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको थियो । सो पार्टीका नेता–कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए ।

ओली सरकारले यसरी वार्ताको कुरा गरिहँदा उता भोजपुरमा आज मात्रै विप्लव नेकपाका एकजना कार्यकर्ताको गाली हानी हत्या गरेको समाचार पनि आएको छ । यो घटनाले ओली सरकार विप्लवलाई वार्तामा बोलाएर थकाएर, लगाएर र एक्ल्याएर सिध्याउने षडायन्त्रमा त लागेको छैन ? भन्ने प्रश्न उठिरहेको छ ।

फगुन २८ देखिको प्रतिबन्धपछि केपी ओली र गृहमन्त्री थापाको सुरक्षा संयन्त्रले सो पार्टीका झण्डै ४०० कार्यकर्ता तथा नेताहरुको गिरफ्तार गरिसकेको छ । गिरफ्तारी, धरपकड र कार्यकर्ताको हत्याले सरकारलाई विप्लव एकहदसम्म गलेका छन् की भन्ने लागेको हुनसक्छ तर राजनीतिक गतिविधि र जनतामा उपस्थितिका हिसावले विप्लव नेकपा गलेको होइन झन बलियो भएको आभाष हुन्छ ।

सो पार्टीका महासचिव विप्लवका विज्ञप्तिहरु र उनीहरुको कुनै न कुनैरुपमा जारी कृयाशीलताले उनीहरु समाजमा झन झाङ्गिँदै एको प्रतित हुन्छ । त्यसो हुनुमा उनीहरुको एकिकृत जनक्रान्तिको कार्यदिशा त एउटा कारण हुदैँ हो भने सरकार र यो व्यवस्थाले जनतामाथि थोपरेको महंगी, भ्रष्टाचार, अधिव्यवक्ति स्वतनत्रतामाथिको हस्तक्षप र विदेशीहरुको नाङ्गो हस्तक्षपमा सरकारको नालायकीपनले मजाले काम गरिरहेको छ ।

विप्लवले दलाल सरकारसित वार्ताको कुनै औचित्य नभएको बताइरहँदा ओली सरकारले गरेको भएिको वार्ताको पहलले कति सार्थकथा पाउने हो त्यो भने हेर्न बाँकी नै छ । बरु यसो गर्दा चैत्र मसान्तभित्र सम्पूर्ण हतियार बुझाएर आत्मसमर्पण गर्न नआए े विप्लवलाइ सिद्ध्याइदिने धम्की दिने केपी ओली नै कतै नेकपासित गल्न पुगेका हुन की भन्ने आभाष भएको छ ।

यतिमात्र होइन विप्लव नेकपालाई ओली सरकारले लुटेरा समूहको संज्ञा समेत दिएको छ । यसो हो भने आफैले लुटेरा समूह घोषणा गरेको र उनीहरुलाई संविधानले नचिनेको बताउने केपी ओली आफैले मान्छे खटाएर वार्ताको नाटक गरिरहेको समाचारले जनतालाई अचम्ममा पारेको छ । र मान्छेहरु प्रश्न गरिरहेका छन् की एकातिर मान्छे मार्ने अनि अर्कोतिर वार्ताको नाटक गर्ने ओली सरकार आफ्नै बुद्धीले चलेको छ वा अर्कैको इसारामा हुर्किरहेको छ ?

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्