Logo

मुलुकभर विद्युत तारलाई भूमिगत बनाउँछु : कार्यकारी निर्देशक घिसिङ


कुलमान घिसिङले काठमाडौं उपत्यकाको वितरण प्रणाली सुधार लगत्तै मुलकभर अभियान सुरु गर्ने बताउनुभएको छ । मुख्यरुपमा जमिनमाथी रहेका तारलाई भूमिगत बनाउने र स्मार्ट मिटर जडानको अभियानलाई योजनावद्ध रुपमा मुलुकभर नै सञ्चालनको तयारी भईरहेको उहाँको भनाई थियो । उपत्यकाको वितरण प्रणालीले ४ सय मेगावाटको मात्र भार थेग्न सक्ने भएकाले त्यसको स्त्तरोन्नतीको बिकल्प नभएको घिसिङले बताउनुभयो । सो वितरण प्रणालीलाई २ हजार मेगावाट पु¥याएर उपत्यकामा व्यवस्थित रुपमा बिद्युत आपुर्ति गर्ने प्राधिकरणको योजना रहेको उहाँले स्पष्ट पार्नुभयो ।

काठमाडौं उपत्यकामा बिजुलीको तारलाई भँमिगत बनाउन तथा वितरण प्रणालीलाई स्वचालित गर्न नेपाल विद्युत प्राधिकरणले प्रक्रिया शुरू गरेको छ । प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भँमिगत गर्न ठेकेदार छनोट गर्दै प्रक्रिया शुरू गरेको हो ।तार भँमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले गत फागुन ६ गते बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्य सम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ ।

कम्पनीले सँचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनुपर्नेछ । कम्पनीसँग महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न २ करोड ५५ लाख ८१ अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपियाँमा (करबाहेक) ठे क्का सम्झौता हुनेछ । त्यस्तै रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपियाँमा (करबाहेक) सम्झौता गरिनेछ ।मध्य तथा उत्तर काठमाडौं (महाराजगन्ज) का आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पा दन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिनुभयो ।

’प्राधिकरणल यसअघि अनुमानित लागतभन्दा महँगो दर आएपछि पुरा नो टेन्डर प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया शुरू गरेको थियो ।नेपाल बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक पहिलो चरणमा काठमाडौंको पँर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोंगबु, सामाखुसीलगायतका महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्र मा पर्ने विद्युत् वितरण प्रणालीलाई भँमिगत तथा स्वचालित बनाउन लागिएको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्