Logo

एकदमै दुब्लो, पातलो र कमजोर हुनुहुन्छ ? यी चीज खानुस् त्यसपछि ५ दिनमै हेर्नुस् चमत्कार !


कोहि व्यक्ति जस्तो खाना खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुन्छ भने कोहि व्यक्तिहरु भने जति सुकै प्रोटिनयुक्त वा सन्तुलन खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छ।

बिहानको खाजा देखि बेलुकाको भोजन सम्म मिलाएर खाँदा पनि अत्ति नै दुब्लो र वजन कहिल्यै नबढ्ने समस्या प्राय व्यक्तिमा देखिन्छ। यसकारण कतिपय मानिसहरु तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरु शरीरको लागि एकदम बेफाइदा हुनुका साथै यसले नोक्सान पुर्याउँछ।

हाम्रो शरीरको वजन बढाउन र पातलो वा दुब्लो शरीरलाई फुर्तिलो बनाउन कार्बोहाइड्रेट र प्रोटिनले एकदम महत्वपूर्ण भूमिका खेल्दछ।

आज हामी प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण यस्तो अद्भुत खानेकुरा वा चीज बताउन गइरहेका छौँ, जसको सेवन गर्नाले तपाइँको वजन केहि हप्तामै बढेर शरीरलाई स्फुर्त, बलियो, जाँगरिलो र मजबुत बनाउँछ। यो तौल बढाउनको लागि १०० प्रतिशत प्रभावकारी आयुर्वे्दिक घरेलु उपाय हो।

१. यी चमत्कारिक घरेलु चीज हुन्, साबुदानाको खीर र आलु।

कसरी खाने?

हरेक दिन दुधमा साबुदाना मज्जाले पकाएर खीर बनाएर खाने गर्नुहोस्। यसले शरीरमा उर्जा प्रदान गर्नुका साथै जस्तोसुकै पातलो मान्छे पनि बलियो, मोटो र मजबुत हुन्छ। त्यस्तै दोस्रो चीज हो आलु।

यसको लागि ३ ओटा ठुलो ठुलो आलु उमाल्ने। हरेक दिन यसरी उमालेको आलु खानुहोस्। आलुमा भरपुर मात्रामा कार्बोहाइड्रेट हुन्छ जसले पातलो वा दुब्लो व्यक्तिलाई फुर्तिलो र स्फुर्त बनाई शरीरको तौल बढाउँछ। –एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्ः–

यो हो सुत्ने सही तरिका, नछुटाई पढ्नुस् जीवनभरी काम लाग्छ !

खानपान तथा रहनसहनका कारण हाम्रो शरीरमा विभिन्न प्रकारका रोग लाग्ने धेरैलाई थाहा छ । तर, सुत्ने तरिका गलत हुँदा पनि धेरै प्रकारका रोग लाग्न सक्छ । श्वासप्रश्वास, मुटु, ग्यास्ट्रिकजस्ता समस्या भएका मानिसले सुत्ने वेलामा विचार पुर्‍याउनुपर्छ । घुर्ने समस्या भएकाले उत्तानो परेर सुत्नु हुँदैन । निदाएको समयमा घुर्ने बानी थाहा भएपछि कोल्टे परेर सुत्नुपर्छ । मुटुका रोगीले दाहिनेपट्टि फर्केर सुत्नु राम्रो हुन्छ ।

ढाड दुख्ने समस्या भएका मानिस धेरै छन् । त्यस्ता व्यक्तिले पनि सुत्ने समयमा ओछ्यान या सुताइको अवस्थामा विचार पुर्‍याउनुपर्छ । धेरैको सोचाइ हुन्छ, बाक्लो लुगा र गुन्टा प्रयोग गरेर सुत्दा आरामदायी हुन्छ र मिठो निद्रा लाग्छ । तर, यो एकदम गलत तरिका हो । कहिल्यै पनि बाक्ला लुगामा सुत्नु हुँदैन । तर, बाथजस्ता समस्या भएका व्यक्तिहरूका लागि भने केही न्यानो कपडा प्रयोग गर्नुपर्छ ।

उत्तानो परेर सुत्नु स्वास्थ्यका हिसाबले निकै हानिकारक मानिन्छ । उत्तानो परेर सुत्दा जिब्रोको भाग पछाडि श्वासनलीमा गएर बस्न सक्छ । जसले श्वासनलीको बाटो नै बन्द हुने अवस्था आउन सक्छ । यस्तो भएमा कहिलेकाहीँ मानिस निसासिएको भान भई अचानक उठ्ने गर्छन् । कतिपय अवस्थामा मानिस निसासिएरै मृत्यु पनि हुन सक्छ । यस्तो आसनको सुताइले मुखमा रहेको थुक सर्किन सक्ने सम्भावना पनि धेरै हुन्छ । सुत्दा यस्तो समस्या देखिएमा कोल्टे परेर सुत्नुपर्छ ।

चिकित्सा विज्ञानमा सुताइको तरिका भनेको घुर्ने समस्या भएका मानिसका लागि मात्रै हो । अरूका लागि सुताइको आसन खासै आवश्यक पनि पर्दैन । सेटल नम्र्स सिस्टम, एनाटोमी फिजियोलोजिकल, र टन्सिलाइटिसका कारणले हो भने त सानै उमेरमा पनि समस्या हुन सक्छ । अन्यथा, अधबैँसे उमेरपछि समस्या हुन्छ ।

जाडो होस् या गर्मी मौसम, कतिपय मानिस हरेक समयमा सिरकले मुख छोपेर सुत्ने गर्छन् । यो झनै गम्भीर विषय हो । चिसो भएमा टाउकोमा टोपी लगाउन सकिन्छ । तर, सिरकले मुख छोप्नु गलत कार्य हो । कार्बनडाइअक्साइड र अक्सिजन परिवर्तन हुन नपाएको खण्डमा सुतेकै समयमा मानिसको मृत्यु पनि हुन पुग्छ । सिरक छाडेर ब्ल्याङ्केट ओड्नेहरूको जमात पनि पछिल्लो समय वृद्धि भइरहेको छ । ब्ल्याङ्केट धेरै धोइरहनु पर्दैन । तर, त्यसमा धुलोका कण रहिरहेकै हुन्छन् । यही कारणले पनि श्वासप्रश्वासमा समस्या निम्त्याउँछ ।

यतिवेला जाडोको समय भएकाले खानपिनमा पनि धेरै ध्यान दिनुपर्छ । चिसो कुराको प्रयोगले स्वास्थ्यमा निकै असर पार्छ । अझ चिसोको समस्या भएका र दमका रोगीहरूको हकमा सा“झ चिसो खानेकुरा बार्नैपर्दछ । सुत्नुअगाडि पानी मात्रै होइन, झोल पदार्थको प्रयोग पनि साँझ ४ बजेबाट घटाउँदै लैजानुपर्छ ।

साँझपख धेरै पानी खाएमा किड्नीलाई लोड बढी हुन्छ । यसले काम गर्न सक्दैन । पानी भएर एसिड बढी भएको खण्डमा सुतेको वेला मानिसको मृत्यु पनि हुन सक्छ । किड्नीलाई आराम गराउन पानी कम खानुपर्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्