Logo

किरातीहरुको उद्गमथलो तुवाचुङ सम्बर्द्धन गरिंदै


-मान्सुङ चाम्लिङ
किरातीहरुको उद्गमथलो मानिने खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालीका वडा नं.७ र ९को बीचमा रहेको तुवाचुङ ऐतिहासिक, साँस्कृतिक रुपमा महत्वपुर्ण स्थलको रुपमा मानिन्छ । विश्वमा रहेका राई किरातीहरुले आफ्नो पुर्खाको उद्गम स्थलको रुपमा यस भूमीलाई मान्दछ ।

किराती राईहरुको इतिहासमा तोयामा, खियामा, रैछखुलेको कथा सबै समूदायहरुमा जोडिन्छ । त्यही तोया खियामाले कपासको कपडा बुन्न थालेको इतिहास र बुनेको स्थल, दिदी बहिनीको बस्ने स्थल, रैछखुलेले कृषी युग शुरु गरेको इतिहास लगातको ऐतिहासिक स्थल तुवाचुङमा रहको छ ।

राज्यले हिन्दु धर्मलाई बढी संरक्षण गरिरहँदा किरातीहरुको उद्गम स्थललाई वेवास्ता गरेकै कारण ऐतिहासिक तुवाचुङका साँस्कृतिक सम्पदाहरु लोपहुँदै गइसकेको अवस्था रहेको छ ।

किरात राईहरुको साझा संस्था किरात राई यायोक्खा भएता पनि सरकारी स्रोतसाधनमा कम पुहँच भएको कारण राज्यबाट यसलाई संरक्षण गर्न स्रोत ल्याउन नसक्दा अझै पनि व्यवस्थित हुन सकेको छैन । यसकारण विसुद्ध तुवाचुङलाई संरक्षण गर्नको लागी एकसमिति गठन गरी विगत १३ वर्ष देखी यसलाई संरक्षण, सम्वद्र्धन गर्न लागी परिरहेको छ ।

हाल तुवाचुङ जायजुम संरक्षण समितिको अध्यक्ष राकेश राई हुनुहुन्छ । यसलाई संरक्षण गर्नको लागी एक कार्यालय तुवाचुङ भवन आवश्यकता परेसँगै भवन निर्माण गरिएको थियो । यसलाई व्यवस्थापन गर्न नसक्दा यसको पुन मर्मत सम्भार गरिदैं आएको छ ।

जसमा हलेसी तुवाचुङ नगरपालीकाको आर्थिक सहकार्यमा तुवाचुङ भवन मर्मत कार्यको लागी रु.५ लाख दिएसँगै यसलाई मर्मत गरिराखिएको उपभोक्ता समितिका अध्यक्ष टेकराज राईल बताउनु भयो । यस समितिमा अध्यक्ष टेकराज राई, सचिब जानकी राई, कोषाध्यक्ष कम्पसेर राई, सदस्यहरु लम्बर राई, अजम्बर राई, कैलाश राई र बिकासरी राई रहेका छन् ।

उक्त तुवाचुङ भवन मर्मत सम्हारसँगै विशेष गरी तोयामा खियामा मुर्तिस्थलमा तथा तान बुनेको साँस्कृति स्थलमा सडकबाट उक्लिनको लागी बाटोको समस्या परेको हुनाले हलेसी तुवाचुङ नगरपालीकाको आर्थिक सहकार्यमा ऐतिहासिक किराती सँस्कृति झल्किने किसिमले खुड्किलो निर्माण कार्य बगाडी बढी रहेको उपभोक्ता समितिका अध्यक्ष भिमकेसर राईले बताए ।

यसै वर्षको साकेला चाड मनाउने हतारोसँगै छिटो निर्माण गर्नको लागी तुवाचुङ भवन मर्मत उपभोक्ता समिति र खुड्किलो निर्माण उपभोक्ता समिति छुटाछुटै गरिएको महासचिव दिनेश राईले बताउनु भयो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्