Logo

‘ओएसी माउन्टेन फेस्टिभल’को दोस्रो संस्करण ३ जुनमा


 आउटडोर एडभेन्चर सेन्टर नेपालले आयोजना गर्ने ‘ओएसी माउन्टेन फेस्टिभल’ को दोस्रो संस्करण हुने भएको छ । उक्त कार्यक्रमा क्रमा यही जेष्ठ २० गते (३ जुन २०१९) ठमेलमा विभिन्न कार्यक्रमका साथ आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सोनाम जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

‘बसन्त ऋतुमा लामो समय हिमाल र त्यस क्षेत्रमा खटी आरोहणलाई सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पाहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरोहीहरुलाई स्वागत गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेका हौं’ संयोजक शेर्पाले शिखरपोष्टसित भन्नुभयो ‘अहिले कार्यक्रमको तयारी तीब्र रुपमा अघि बढिरहेको छ ।’

उहाँकाअनुसार सो अवसरमा आरोहीहरुको खुसी तथा अनुभव साटासाट गराउने, आरोहणका क्रममा खिचिएका र लिइएका तस्वीर र भिडियोहरुको प्रदर्शनी, एडभेन्चर मुभी स्क्रिनिङ्ग, सांगीतिक कार्यक्रमका साथै पर्वतारोहणका क्षेत्रमा सफल व्यक्तित्वहरुलाई प्रकाशमा ल्याउने कार्यक्रम सञ्चालन गरिने छ । त्यसतै आरोहणका क्रममा प्रयोग गरिएका सामाग्रीहरु मायाको चिनोको रुपमा प्रदान गर्ने, लाइभ ब्यान्ड पफोर्मेन्स लगायतका कार्यक्रम पनि रहेको जानकारी उहाँले दिनुभयो ।

नेपालमा नयाँ प्रयोगको रुपमा सुरु गरिएको यो कार्यक्रमलाई नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनको एउटा माध्यमको रुपमा लिन सकिन्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्