Logo

राष्ट्रिय जनमुक्ति पार्टी उत्पीडित वर्गको हो-मेखराज परियार (खाती)


राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख मेखराज परियार (खाती) ले नेपालका सबै उत्पीडित वर्गको पार्टी राष्ट्रिय जनमुक्ति भएको दावी गरेका छन् ।

उपमहासचिव तथा प्रचार विभाग प्रमुख परियारले आफ्नो पार्टीले जनजाति, मधेसी लगायत विभिन्न जाती, वर्ग, लिङ्ग, समुदाय र उपेक्षित क्षेत्रका जन समुदायको पहिचान तथा हक अधिकारको स्थापित गर्न लागी परेको बताए । उपेक्षित, उत्पीडित जाति, क्षेत्र, लिङ्ग र वर्गले आफ्ना पहिचान र हक अधिकार खोजिरहेका बेला आफ्नो पार्टीले साथ र सहयोग गरिरहेको उनको भनाई थियो । उनले, आफ्नो पार्टीले पछाडी परेका तथा पारिएका वर्गको पहिचानको लागी राजनीति गरिरहेको दावी गरे ।

हरिनास गाउँपालिका स्याङजाको क्याग्मीमा भएको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले, जनमुक्ति पार्टी सबै उत्पीडित वर्ग समुदाय, क्षेत्र, लिङ्गको पार्टी भएको र बहुदलीय लोकतान्त्रिक समाजवाद, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशीकरणको नीति अवलम्बन गरेको बताए ।

यस अघि विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरु जनमुक्ति पार्टीमा आएका छन् । पार्टी परित्याग गरि एक सय १० जना पार्टीमा आएका हुन् । नव प्रवेशी पार्टी कार्यकर्ताहरुलाई पार्टीका संघीय परिषद् उपाध्यक्ष तथा गण्डकी प्रदेश इञ्चार्ज हस्त बहादुर किजिम मगर र उपमहासचिव तथा प्रचार विभाग परियार तथा स्याङ्जा जिल्ला कमिटी र प्रदेश कमिटीका अध्यक्ष तथा सदस्यले बधाई तथा शुभकामना दिदै पार्टीमा स्वागत गरे ।

कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष मन्धरी आले, जिल्ला अध्यक्ष बोम बहादुर लामिछाने, लगायतले मन्तव्य राखेका थिए । जनमुक्ति पार्टीले गण्डकी प्रदेशलाई विशेष क्षेत्रको रुपमा विकसित गर्ने पार्टीको लक्ष्य छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्