Logo

बाँयातिर हुनपर्ने मुटु दायाँतिर, चिकित्सक परे अचम्ममा !


नवलपुर वुलिङटारमा एक मानिसको मुटु दायाँतिर भेटिएको छ ।
वुलिङटार गाउँपालिकाको वडा नम्बर ५ स्थित भदौरी गाउँका बेलबहादुर पुलामीको मुटु दायाँपट्टी भएको पाइएको छ । भदौरी गाउँमा आयोजित ‘स्वास्थ्य शिविर’मा परीक्षण गर्दा उनको मुटु दायाँपट्टी रहेको पत्ता लागेको हो ।

भदौरीमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. अमिर खानसहितको चिकित्सक टोलीले गाउँका बासिन्दाको मुटु परीक्षण गरेका थिए । गाउँका बासिन्दाको मुटु पहिलो पटक इको मेशिनबाट परीक्षण गरिएको हो ।

परीक्षणको क्रममा ५८ वर्षीय पुलामीको मुटु जब दायाँपट्टी रहेको थाहा पाएपछि चिकित्सक समेत अचम्म परे । ‘गाउँका बासिन्दाको मुटुको अवस्था कस्तो छ भनेर जाँच्न आएको उनको मुटु दाहिनेतिर पो भेटियो’ डा. खानले भन्नुभयो, ‘ दाहिनेतिर मुटु हुनु भनेको डेस्टोकाडिया हो । आत्तिनु पर्दैन । छातीमा बायाँतिर मुटु हुनेले त्यता बढी ख्याल गर्छन् । उहाँको दायाँपट्टी रहेछ । दायाँतिर बढी ख्याल गर्नुपर्ने हुन्छ । यस्तो थोरै मानिसमा हुन्छ ।’

पुलामीले पनि आफ्नो मुटु दायँतिर रहेको बल्ल थाहा पाएको बताए । ‘रोगले नचाप्दासम्म अस्पताल आइदैन’ उनले भने, ‘दम छ । हातखुट्टा सुनिन्छ । त्यही भएर मुटु जाँचेको, अरुको बायाँतिर हुन्छ तर मेरो त दाहिनेतिर छ रे । डाक्टर जता भए पनि केही हुँदैन भन्नु भएको छ । अब चाँहि बेलाबेलामा जचाँइरहनु पर्ला ।’ गाउँको उदय माध्यमिक विद्यालयमा पहिलो पटक भएको शिविरमा गाउँमा १ हजार २ सय भन्दा बढीले मुटुजाँच गराएका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्