Logo

‘दासढुंगा २’ को थिम पोस्टर सार्वजनिक


फिल्म “दासढुंगा’”को च्याप्टर २ निर्माण हुने भएको छ । फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ । सन् २०१० मा रिलिज भएको फिल्म ‘दासढुंगा’लाई मनोज पण्डितले निर्देशन गरेका थिए भने च्याप्टर २ मा उनलाई कुमार भट्टराईले रिप्लेस गरेका छन् ।

फिल्मको लेखन र निर्देशन कुमार भट्टराईले गर्नेछन् । अपिल विष्ट फिल्मसको प्रस्तुति रहने फिल्मसँग अस सिनेमा र म्याजिक माउन्टेन मुभिजले सहकार्य गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तत्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित फिल्म ‘दासढुंगा’मा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक, डा. केपी भण्डारी लगायत कलाकारहरुको अभिनय रहेको थियो भने ‘दासढुंगा’ को च्याप्टर २ का लागि कलाकार तथा प्राविधिक फाइनल भइसकेका छैन भने फिल्ममा केहि ‘दासढुंगा’का कलाकार रहने छन् भने, केहि नयाँ रहने छन् ।

कुशल पाण्डे निर्माता रहने फिल्ममा अपिल विष्ट, दीपक ओली र प्रकाश केसी कार्यकारी निर्माता रहेका छन् भने, सह -निर्मातामा प्रदीप आचार्य रहेका छन् ।दासढुंगा काण्डपछि त्यसको प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई ‘दासढुंगा २’ ले उठाउने छ ।

 

यो पनि पढ्नुहोस् : एक भन्दा धेरै विवाह गर्ने सेलिब्रेटीहरु

सेलिब्रेटीका जीवनका हरेक पक्षहरु चसोका साथ हेरिन्छ । सम्बन्ध विच्छेद नेपाली समाजमा पनि बढ्दो छ । सेलिब्रेटीका सम्बन्ध विच्छेदको घटना बढी प्रचार हुन्छन् । नेपाली सेलिब्रेटीहरुले पनि दुई वा दुई भन्दा बढी पटक विवाह गरेका छन् । आजको सामग्रीमा हामी बहु विवाह गर्ने सेलिब्रेटीहरुको चर्चा गर्दैछौ :

भुवन केसी
कलाकार तथा निर्माता भुवन केसीले दुई बिवाह गरिसकेका छन् । पहिलो श्रीमती बिजया केसी र दोस्रो सुस्मिता बमजन केसीसँग बैवाहिक सम्बन्ध बिच्छेद गरेका छन् । पहिलो विवाहबाट भुवन एक छोरा र एक छोरीका पिता बनिसकेका थिए । भुवन र सुष्मिताका सन्तानको रुपमा अनमोल केसी जन्मिए । अनमोल अहिलेका सबै भन्दा बिकाउ सेलिब्रेटिका रुपमा फिल्म क्षेत्रमा चिनिएका छन् ।

शिव श्रेष्ठ
अभिनेता शिव श्रेष्ठले पनि दुई पटक विवाह गरे । उनले पहिलो पटक गंगादेवी श्रेष्ठसँग विवाह गरेका थिए । पहिलो दाम्पत्य जीवन असफल भएपछि उनले चितवनकी सृजना श्रेष्ठसँग दोस्रो विवाह गरे । पहिलो विवाहबाट चार छोरी र एक छोरा भएका शिव दोस्रो विवाहबाट पनि एक छोराका पिता बनेका छन् । शिवले आफ्नो कथा र निर्माणमा छोरा शक्ति श्रेष्ठलाई फिल्म क्षेत्रमा प्रवेश गराउन फिल्मको घोषणा समेत गरेका थिए । त्यसो त शिव दोस्रो श्रीमती हुँदाहुँदै भक्तपुरकी एक युवतीसँग प्रेममा परेको खबर पनि आएको थियो ।

निखिल उप्रेती
नायक निखिलले दुई बिवाह गरेका छन् । उनले पहिलो श्रीमती कोपिला उप्रेतीसँग बैवाहिक सम्बन्धको अन्त्य गरेर नायिका संचिता लुइटेलसँग दोस्रो बिवाह गरे । निखिल र कोपिलाका एक छोरा छन् । संचिताले पनि आकास शाहलाई छाडेर निखिलसँग दोस्रो विवाह गरेकी हुन् ।

प्रियंका कार्की
नायिका प्रियंका कार्कीले रोचक मैनालीसँग प्रेम बिवाह गरिन् । त्यो बैवाहिक सम्बन्धमा बस्न नसकेपछि कार्कीले सम्बन्ध बिच्छेद गरिन् । अहिले यिनले नायक आयुष्मान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेकी छिन् । प्रियंका र आयुष्मान चाँडै नै विवाह गर्दैछन् ।

हरिवंश आचार्य
वरिष्ठकलाकार हरिवंश आचार्यले पत्नी मीराको निधनभएपछि रमीला पाठकसँग दास्रो विवाह गरेका छन् । रमिला र हरि दुवैको दोस्रो विवाह हो । पहिलो विवाहबाट रमिलाका एक छोरा छन् भने हरिका दुई छोरा छन् । अहिले रमिलाका छोरा अस्ट्रेलियामा ईन्जिनियरिङ गरिरहेका छन् । त्यस्तै हरिवंशका दुईवटा छोरा मध्ये जेठा छोरा त्रिलोक अमेरिकाको गुगल कम्पनीमा कार्यरत छन् । कान्छा छोरा मोहित नेपालमै व्यवसायमा आवद्ध छन् ।

सिम्पल खनाल
माझी दाई, अध्याय जस्ता फिल्महरुमा काम गरेकी नायिका हुन् सिम्पल खनाल । सिम्पल म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँग बैवाहिक बन्धनमा बाँधिएकी थिइन् । प्रशन्नसँग सम्बन्ध विच्छेद भएपनि व्यावसायिक कामलाई भने अघि बढाईन् । पछि यिनले बेलायती उद्योगपति नदिमसँग सन् २०१६ मा दोस्रो बिवाह गरिन् ।

छविराज ओझा
फिल्म निर्माणमा बाघको छवि बनाएका निर्माता छबिराज ओझाले तीन बिवाह गरेका छन् । उनकी पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि गीतान्जलीसँग दास्रो बिवाह गरे । गीतान्जलीको मृत्युपछि तेस्री श्रीमतीको रुपमा नायिका रेखा थापालाई बिहे गरे । थापासँग पनि सम्बन्ध बिच्छेदपछि अहिले नायिका सिल्पा पोखेरेलसँग प्रेम सम्बन्धमा छन् । शिल्पा र छविको विवाहलाई लिएर विभिन्न खाले गसिपहरु बनिरहेका छन् ।

पुजा परियार
नायिका पुजाले फोटाग्राफर सुरज चन्दसँग बिवाह गरेपछि आफ्नो थर चन्द लेखेकी थिइन् । विवाह गरेर छोरी जन्माई सके पछि मात्रै पूजा फिल्म क्षेत्रमा प्रवेश गरिन् । उनी कार्यक्रमको सिलसिलामा अमेरिका उडिन् । पूजाले अमेरिकामै लामो समय बस्ने निणर्य गरेसँगै सुरजसँग सम्बन्ध पनि चिसियो । अनि उनीहरु कानुनी रुपमै अलग भए । अमेरिकामै बसोबास गर्ने क्रममा अमेरिकामै बसोबास गरिरहेका गायक राजु लामासँग दोस्रो विवाह गरिन् । पुजाले हाम्रो सानो घर होला, शहर, वर पीपल जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन् ।

सचिंता लुईटेल
फिल्म अप्सराबाट डेब्यु गरेकी नायिका हुन् सचिंता लुईटेल । फिल्मी करियरमा सफलता हात पार्दै गर्दा उनले आकाश साहसँग लगनगाँठो कसिन् । विवाह पछि पनि संचिता फिल्म क्षेत्रमा त्यत्ति जम्न सकिनन् । आकाश र संचिताले कानूनी रुपमै सम्बन्ध बिच्छेद गरे । आकाश थप अभिनय सिक्न मुम्बैतिर लागे । संचिता नायक निखिल उप्रेतीसँग प्रेममा परिन् । उनीहरुल विवाह पनि गरे । निखिलसँगको विवाह पछि दुई सन्तानकी आमा बनेकी संचिता अहिले फिल्मी कर्ममा फर्किईसकेकी छिन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्