Logo

रोजगारी खोज्दै वैशाखमा मात्रै ४८ हजार युवा विदेशिए, सरकारको बेरोजगार लक्षित कार्यक्रम खै ?


काठमाडौं । सरकारले बेरोजगार लक्षित विभिन्न कार्यक्रम संचालन गरेपनि नेपालीहरु बैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । कामको खोजीमा वैशाख महिनामा मात्रै ४८ हजार युवा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वैशाख महिनाको तंथ्याक अनुसार संस्थागत,व्यक्तिगत, पुन: श्रम स्वीकृति र वैधानिकरण गरी ४८ हजार ७ सय ५६ जना रोजगारीको खोजीमा विदेशिएका छन् ।

वैशाख महिनामा संस्थागत श्रम स्वीकृति लिएर १८ हजार ५ सय ८९ पुरुष र १ हजार ६ सय ७ महिला गरि २० हजार १ सय ९६ जना वैदेशिक रोजगारीका लागि २२ वटा देश गएको विभागले जनाएको छ । यो अवधिमा २५ हजार १ सय ३७ पुरुष र ९ सय ९२ महिला गरि २६ हजार ९९ जना व्यक्तिगत पुन श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ ।

त्यस्तै गरि ४१ देशका लागि ५ सय ८८ पुरुष र १ सय ६६ महिला गरि ७ सय ५४ जनाले व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति लिएका छन् । वैधानिकरण मार्फत ५३ देशका लागि १५ सय ६४ पुरुष र १ सय ४३ महिला गरि १७ सय ७ जनाले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

कामदारको पहिलो रोजाई कतार, दोश्रोमा साउदी अरव

विदेशिने युवाहरुको प्रमुख रोजाइमा कतार पहिलो स्थानमा परेको छ। रोजगारीकै खोजीमा नयाँ तथा पुनः श्रम स्विकृति लिएर १४ हजार २ सय ४७ युवाहरु कतार पुगेका हुन्। अघिल्ला वर्षहरुमा युवाहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा मलेसिया रहँदै आएको थियो । तर सरकारले २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द गरेसँगै कतारतर्फ युवाहरुको आकर्षण देखिएको हो ।

कतारपछि नेपाली युवाहरुको दोश्रो रोजाइमा साउदी अरब परेको छ। साउदीमा बैशाख महिनामा मात्रै ११ हजार ९ सय ७२ जना गएका छन् भने तेश्रोमा युएई परेको छ ।  युएई जाने कामदारको संख्या १० हजार २ सय ४० रहेको छ।

५९ प्रतिशत अदक्ष कामदार

वैशाख महिनामा विदेशिएका ५९ प्रतिशत कामदारहरु अदक्ष रहेका विभागले जनाएको छ। ४८ हजार विदेशिएकामा २८ हजार ५ सय ५० अदक्ष कामदार छन्। सम्बन्धित काम बारे सिप नहुँदा अदक्ष कामदारहरुले निम्न स्तरको काम गर्दै आएका छन् जसका कारण तलब समेत कम पाउने गर्दछन् । विभागको रेकर्ड अनुसार १६ हजार मात्रै दक्ष कामदारहरु विदेशिएका छन् भने ३ हजार ६ सय २२ कामदारहरु अर्धदक्ष रहेका छन्। (साझासवालबाट)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्