Logo

सलमान खानले आलियालाई तौल बढाउ भनेपछि…


बलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिनेछन् ।

केही समय अगाडि चलचित्रको घोषणा हुदै गर्दा आलिया र सलमानको जोडीको विषयमा धेरै चर्चा भएको थियो । उनीहरुको जोडी नसुहाउने धेरैको टिप्पणी थियो ।

किनभने आलिया र सलमानबीच उमेर अन्तर लामो छ । तर, निर्माण युनिटले चलचित्रको कथाबस्तु नै यहीँ उमेर अनुसारको भएको कारण उनीहरुलाई चलचित्रमा लिएको बताएको थियो ।

यस्तैमा, चलचित्रको पात्रको विषयमा नयाँ कुरा खुलासा भएको छ । नायक सलमान खानले आफूसँग आलियाको जोडी नसुहाउने भन्दै उनलाई तौल बढाउन भनेका छन् ।

सलमानले निर्देशक भन्सालीसँग आलियालाई तौल बढाउन भन्न सुझाएका थिए । सलमानले भनेका थिए, ‘मेरो छेउमा आलिया निकै दुब्लो देखिन्छिन् । मैले तौल घटाउन सक्दिनँ होला । त्यसैले आलियालाई तौल बढाउन भनिदिनुहोस् ।’

सलमानको यो आग्रहपछि भन्सालीले नै आलियालाई तौल बढाउन भनेका थिए । भन्सालीको कुरालाई मान्दै आलिया तौल बढाउन तयार भएकी छिन् । –एजेन्सीको सहयोगमा

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्