अदालतबाट छुटेलगत्तै महिला नेताले छोडिन् विप्लव समूह : किन ? कारण हेर्नुस

भैरहवा, ६ जेठ । नेकपा विप्लव समुह रुपन्देहीका नेता कल्पना सुवेदीले सो पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । प्रहरीले पक्राउ गरेर रिहा भए लगत्तै उनले पार्टी छोडेको घोषणा गरेकी हुन् । आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले विगतमा आफु त्यो पार्टीमा समर्पित भएर काम गरे पनि अबका दिनका पार्टी परित्याग गरेको उल्लेख गरेकी छन् ।
विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षको जिम्मेवारीमा रहेकी सुवेदीले प्रेस बिज्ञप्ति मार्फत सवै पदबाट राजीनामा दिएको घोषणा समेत गरेकी छन् । उनले पारिवारिक तथा कमजोर स्वास्थ्यका कारण सो पार्टीमा रहेर काम गर्न नसक्ने उल्लेख गर्दै आफुले राजीनामा दिएको समेत बताएकी छन् ।
विप्लव माओवादी भएको भन्दै प्रहरीले समेत पक्राउ गरी अदालतबाट धरौटीमा रिहा भएकी सुवेदीले अबका दिनमा स्वतन्त्र रुपमा आफु बाच्न चाहेकाले राजीनामा दिएको बताइन् ।