Logo

मेलम्चीमा मेयरकप कराँते, मानसिं डोजोलाई उपाधि


सिन्धुपाल्चोक : प्रथम मेलम्ची नगर मेयरकप कराँते प्रतियोगिताको उपाधि मानसिं डोजो काठमाडौंले जितेको छ । गोजुरियो कराँते दो संघ मेलम्ची डोजोद्वारा आयोजित प्रतियोगिता शुक्रबारदेखि आइतबारसम्म चलेको थियो । प्रतियोगितामा ९ स्वर्णसहित मानसिं डोजो प्रथम भई मेयर कपको उपाधि जितेको हो ।

मानसिंका खेलाडीले चार रजत र आठ कास्य पदक पनि जित्न सफल भए । प्रतियोगितामा ७ स्वर्णसहित मनकामना डोजो दोस्रो भएको भयो । मनकामनाका खेलाडीले चार रजत र तीन कास्य पदक जिते । छ स्वणर्, सात रजत र पाँच कास्य पदक जितेको दक्षिणढोका डोजो तेस्रो स्थान भयो । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा मेलम्चीमा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता भएको आयोजक कमिटिका संयोजक एवम गोजुरियो कराँते दो संघका केन्द्रीय सचिव सानुबाबु गिरीले जानकारी दिए । राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रका खेलाडीलाई प्रोत्साहित हुने भएकाले प्रतियोगिता आयोजना गरिएको गिरीले बताए ।
-अन्नपूर्ण

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्