नेकपा (माओवादी केन्द्र) किलिको प्रदेशद्वारा आर्थिक लम्पट प्रवृति निश्कासित
नेकपा (माओवादी केन्द्र), किलिको प्रदेश समितिले सांगठनिक अराजकता र आर्थिक लम्पट प्रवृतिलाई निश्कासन गरेको छ । किलिको प्रदेश सचिव विक्रम मैनालीले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा सार्वजानिक गरेका हुन ।
विज्ञप्तिमा भनिएको छ – “विगतमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को सदस्य रहेका श्री पुरुषोतम अधिकारी र श्री खगेन्द्र भण्डारीमा ब्याप्त सांगठनिक अराजकता र आर्थिक लम्पट प्रवृति सच्याउन अन्तिम प्रयास गर्दा पनि उहाँहरुमा कुनै सकरात्मक सुधार आएन । अतः उहाँहरुकै लम्पट प्रवृति र पार्टी आचरण विरोधी क्रियाकलापका कारण पुरुषोतम अधिकारी र खगेन्द्र भण्डारी हाम्रो पार्टीमा नरहेको ब्यहोरा यसै विज्ञप्ति मार्फत आम जनतामा स्पष्ट गर्दछौ ।”
विज्ञप्तिको अन्तमा भनिएको छ – “लम्पट प्रबृति बिरुद्ध एकजुट भएर लड्न पार्टीका सबै कमरेडहरुमा यसैसाथ अपिल गर्दछौ ।”
किलिको प्रदेश सचिव विक्रम मैनालीसंग फोनमा सम्पर्क गर्द उनले भने – ‘आठौं पार्टी महाधिवेशनमा आठ महिनाको केन्द्रीय लेवी र मेस खर्च दिन गाह्रो मानेर बन्दसत्र शुरु हुनासाथ पुरुषोतम अधिकारी र खगेन्द्र भण्डारी लगायत साथीहरु भाग्नु भएछ । लिखित आत्माआलोचनासहित लेवी बुझाएमा पुनर्विचार गर्ने निर्णय भयो । तर उहाँहरु सच्चिनु भएन ।”
जानकारी अनुसार पुरुषोतम अधिकारी बिराटनगरमा ४ बिघा जमिन र पक्की घरका मालिक हुन । यी अधिकारी बैद्य र विप्लव समूहमा रहदा पनि त्यसैगरि लाखौ हिनामिना गरेको तथा लेवी नबुझाएकै कारण कार्वाहीमा परेको थिए ।