Logo

नेकपा (माओवादी केन्द्र)ले बिभिन्न माग गर्दै संघर्ष आठ राजधानी हड्ताल गर्ने


काठमाण्डौ-नेकपा (माओवादी केन्द्र), राजनीतिक परिषदको बैठक ०७६ जेठ १–३ गते काठमाडौंमा बस्यो । बैठकले बिभिन्न बिषयमा निर्णयहरु गर्दै एक विज्ञप्ति जारी गरिएको छ ।

नेकपा (माओवादी केन्द्र)ले संगठन बारे आफ्नो आधिकारिक रुपमा निर्णय सार्बजनिक गर्दै अब आगामी असार १–४ गते काठमाडौमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने । जेठ महिनामा प्रदेश तथा जिल्ला पार्टी र जवस–मोर्चाको बैठक गरी कामको वस्तुगत समिक्षा प्रतिवेदन लिएर केन्द्रीय समिति बैठकलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।  साथै वैचारिक–राजनीतिक क्षेत्रमा ब्यापक अध्ययन बढाउदै गैरसर्वहारावादी चिन्तन प्रवृतिलाई नियन्त्रण हुदै निषेध गर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले संघर्ष आठ राजधानी हड्ताल गर्ने निर्णय लिएको छ । बिज्ञाप्तिमा भनिएको छ,’संविधानको समाजवादी पुनर्लेखनद्वारा राष्ट्रियता, जनवाद तथा पहिचान मुद्दा र जनजीविकाको अधिकार सूनिश्चित गर्न एवं भ्रष्टाचार, महंगी, असुरक्षा, राष्ट्रधात, फासीवाद जस्ता सरकारी ज्यादति विरुद्ध र संशोधनवादी बुख्याच्याहरुले लुटेको हसिया–हथौडाको झण्डा जबरजस्त फिर्ता लिन तथा टिष्टा–कांगडा फिर्ता आन्दोलनको मुद्धा सशक्त ढंगले उठाएर नेपालको राष्ट्रिय प्रतिरोध आन्दोलनको मुद्दा सशक्त ढंगले उठाएर नेपालको राष्ट्रिय प्रतिरोध क्रान्ति सुदृढ गर्न आगामी असोज २–३ गतेको आठ राजधानी हड्ताल योजना सफल बनाउन स्थानीय तहमा पार्टी कामलाई केन्द्रीत गर्ने । ‘

नेकपा (माओबादी केन्द्र)ले पार्टी एकता गर्नको लागी समेत निर्णय गरेको छ । गोपाल किरातीद्वारा हस्ताक्षर बिज्ञाप्तिमा भनिएको छ, ‘माओवाद र विचार पक्षधरसंग पथप्रर्दशक सिद्धान्त र राजनीतिक कार्यदिशामा बहस गरी एकताको निश्कर्षमा पुग्ने । एकता प्रकृया बिलम्ब भएमा विध्यमान कार्यगत मोर्चालाई सुदृढ गर्दै अधि बढ्ने ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्