Logo

गोरखामा पशुपन्छी पाल्न कडा प्रतिबन्ध, मासु खाए ५० हजार जरिवाना


गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिवाना तिर्नु पर्नेछ ।

‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’ चुमनुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिए १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’

यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । यदी पालेको, काटेको वा खाएको सुराक दिएमा मात्रै पनि १५ हजार इनाम दिईने पेमा डुन्डुप लामाले बताएको खबर अजको अन्नपूर्ण पोष्टले लेखेका छ ।

जरिवानाबापत संकलन भएको रकम अहिंसा अभियानमै खर्च गरिनेछ । यो नियमको गाउँपालिकाभरि प्रशंसा भईरहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्