Logo

देउवाले भने, ‘प्रधानमन्त्री ओलीको व्यवहार सुधार्ने म डाक्टर होइन’


मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास हुन नदिने बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सभापति देउवाले भने, ‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान हो । जर्बजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुन दिदैंनौं ।’’

सरकारले बजेटमा विपक्षीको मागलाई सम्बोधन नगरे विरोध गर्ने तर रेलिङ नभत्काउने बताए । ‘‘बन्द हड्ताल तोडफोडको नीति कांग्रेसको होइन’’ देउवाले भने, ‘‘पत्रकार आफै जे पायो त्यही लेख्न पाउँदैनन् भन्दै विधेयक ल्याएका छन् तर उनीहरु आफैंले बुझ्ने कुरा हो के लेख्ने न लेख्ने ?सरकारले भन्नै पर्दैन । पत्रकारले जे पनि लेख्न पाउँछन ।’’

देउवाले कांग्रेसले सदनमा गरेको प्रस्तुति प्रभावकारी रहेको दाबी गरे । अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उनले सरकारको कामकार्वाही हेर्ने हो भने डेढ वर्षमा केही नै नभएको टिप्पणी गरे ।

पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर राम्रो सन्देश गएको बताए। उनले भने, ‘‘जागरण अभियानले पार्टीलाई नयाँ उर्जा मिल्छ ।’’ कतिपय कार्यक्रममा एक नेता गएको ठाउँमा अर्को नजाने विषयबारे आफूलाई जानकारी नभएको देउवाले बताए ।

विपक्षीलाई प्रधानमन्त्रीले गर्ने व्यवहारबारे पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘‘प्रधानमन्त्री जे पायो त्यही बोल्दै हिंड्नु हुन्छ । यस्तो व्यवहार आफैं सुधार गर्ने हो । सुधार गराई दिने म डाक्टर होइन ।’’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्