जनताको मत: पृथ्वीनारायण शाह भुगोल जोडे धेरैको मन तोडे ! कसरी ? हेरी सेयर गरौ
काठमाडौं: नेपाल एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सरकारले केहि बर्षदेखि बिदा नदिदै आएको छ । केहि बर्षयता सरकारीस्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंने गरिएको छ । राष्ट्र निर्माता होईनन शाह किनकी भुगोल जोडे तर शाहले नेपालको किरात राई, लिम्बु, नेवार, तामाङ लगायत नेपालको आदिबासी, दलित र मधेस समुदायको मन तोडे, अपमान्नगरे, बल्त्कार गरे र ज्यान मारे (एक मात्र उदारणा किर्तिपुरमा १७ धार्नी नाक र कान काटे) त्यसैले शाहको जन्म जयन्तीमा सरकारलेनै कुनै कार्यक्रम गर्नुहुँदैन र त्यो दिन राष्ट्रिय बिदा दिनु पर्ने माग धेरैले गर्दै आएका छन् त्यो हुनुहुँदैन ।
विक्रम संवत २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२०६३ सालको जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । केही वर्षदेखि पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने आवाज उठेपनि सरकारले निर्णय गर्न सकेको छैन । पृथ्वीनारायणको शासनकालमा नेपाल ५४ टुक्रामा विभाजित थियो । जसमध्ये बाइसे कर्णाली र चौविसे राज्य गण्डकी प्रदेशमा थिए । लिच्छवीकालमा पनि नेपाल अहिलेकै जस्तो ठूलो रहेको इतिहासमा पाइन्छ । पश्चिमा खस राज्य थियो । उनीहरु २२ टुक्रामा विभाजित थिए । त्यसपछि पाल्पाली राजा मुुकुन्दसेन सिमरौनगढका ढोय जातिलाई लिएर काठमाडौं पस्न खोजेका थिए तर सकेनन् । उनले भुगोल जोडे तर धेरैको मन थोडे ।
तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो। पृथ्वीनारायण शाह मृत्युको कारण ‘बाघको आक्रमण’ भन्ने छ, यस तथ्यलाई केहि इतिहासकारहरुको तर्क छ कि पृथ्बी नारायण शाह साच्चै बाघ बाटै भएको हो कि पूर्वको किराती भन्ने पनि ‘बान्तवा’ भाषामा बाघ नै हो कतै किरातीहरुसँगको युद्धमा घाइते भएर मृत्यु भएको हो । इतिहासकारहरु भन्छन, एउटा कुरा सत्य हो, ‘सकेसम्म शाहले किरातिको हत्या र किरातिले पनि पृथ्बी नारायण शाहको हत्या अभियान थियो ।’