सार्वजनिक बसमा यात्रु संगै मुख्यमन्त्रीको सवारी

बुटवल । शनिबार बिहान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रुपन्देहीका बिभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उदघाटन गरेर तिनैयात्रु बाहक बसमा चढेर पोखरेल श्रीमतीसहित लुम्बिनी पुगेका छन्।
सिसिटिभी क्यामेरा जडान गरिएका सुविधा सम्पन्न सार्बजनिक बस सेवाको सिद्धबाबाबाट शुभारम्भ गरिएका बसमा एसी र वाइफाइ जडित १० वटा ५२ सिटको क्षमताका अपांगमैत्री बस चल्नेछन् ।
उद्घाघतन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यातायात क्षेत्र पर्यटकमैत्री बनाउन जरुरी रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको बिकासमा यातायातको महत्व धेरै भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज हुने बिश्वास समेत ब्यक्त गरे ।
यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनी लिमिटेडले एसी बसहरु सञ्चालनमा ल्याएको हो ।
ती बसहरु बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूटमा गुड्ने छन् । बुद्ध सर्किटमा पनि चलाउने गरी लिमिटेडले अनुमति लिइसकेको छ ।
गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।