Logo

एभरेष्ट म्याराथनमा १५५ विदेशीसहित दुई सयबढीको सहभागिता हुने


काठमाडौं- हिमालय एक्सपिडिसन्सले ‘तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन’ को तयारी पुरा भएको छ । यही जेठ १५ गते हुने १७औँ चरणको उक्त म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट शुरु भई नाम्चेबजार पुगेर समापन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतियोगितामा विदेशी १५५ धावकसहित दुई सयभन्दा बढी धावकको सहभागिता रहने जनाएको छ।

प्रतियोगितामा ४२.१९५ किमीको म्याराथन, ६० किमीको अल्ट्रा म्याराथन र २१ किमीको हाफ म्याराथनमा प्रतिस्पर्धा हुने आयोजक संस्थाका संस्थापक विक्रम पाँडेकाजीले जानकारी दिए। उनले उक्त म्याराथन विश्वकै एक आकर्षक र साहसिक खेलका रुपमा विकास भएको चर्चा गर्दै सबै धावकलाई सम्बन्धित मार्गका हिमनदी, प्राचीन शेर्पा गाउँ तथा गुम्बाहरु र भौगोलिक विविधताको रसास्वादन गर्न अनुरोध गरे।

फुल म्याराथनको पुरुषतर्फका विजेताले दुई लाख, दोस्रोले एक लाख र तेस्रोले रु ७५ हजार प्राप्त गर्नेछन् भने महिला प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउनेछन्।

त्यस्तै विदेशी प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र रु २५ हजार पाउने छन्।

अल्ट्रा दौडका विजेताले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले रु ५० हजार पाउनेछन्। हाफ म्याराथनतर्फका विजेताले भने रु ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार पाउनेछन्।

प्रतियोगितामा यस वर्ष २२ वर्षे बेलायती क्रिस्टोफ ज्याक्सन सबैभन्दा कान्छा धावक हुने भएका छन् भने क्यानाडाका ६७ वर्षीय लिओनार्ड स्टानमोर सबैभन्दा ज्येष्ठ धावक हुने भएका छन्।

आयोजक हिमालय एक्सपिडिसन्सका अभिषेक पाँडेले उक्त प्रतियोगिताका लागि धावकहरु बिहीबार सगरमाथा क्षेत्रतर्फ लाग्ने जानकारी दिए। म्याराथान उच्च हिमाली क्षेत्रमा आयोजना हुनेभएकाले धावकहरुलाई १० दिनको पदयात्रा गराएर सगरमाथा आधार शिविर पुर्याएइने उहाँको भनाइ थियो।

प्रतियोगितामा नेपालसहित विश्वका ३० राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्