युबा संगीतकार आश कुमार राईको ‘कहाँ दुख्यो जिन्दगी’ गित सार्वजनिक

‘कहाँ दुख्यो जिन्दगी’ मर्मस्पर्श मिठो गित बजारमा आएको छ । पुर्बेली जुनताराको अफिसियल युबट्युबबाट च्यानलबाट सार्वजनिक गरीएको हो ।
‘कहाँ दुख्यो जिन्दगी’ गितमा स्वर राज तामाङ, शब्द दिनेश किराति र संगित युबा संगीतकार आश कुमार राईले गरेको हुन । सांगेतिक क्षेत्रमा सफलताको लागी अभ्यास, निरन्तरता र लगनशिलताको जरुरी हुन्छ, त्यो कुरा देखिएको छ ।
युबा संगीतकार आश कुमार राई भन्छन “संगीत मेरो प्राण हो, साधना कर्म । त्यसैले न छोड्न सक्छु, न टाढै रहन सक्छु ।’ अहिले नेपाली गीत संगीत आकाशमा धेरै ताराहरु उदाउने क्रम निकै तिब्र छ। यसै ताराहरुको भिडमा एउटा ताराको नाम हो युबा संगीतकार आश कुमार राई ।
नेपाली गीतसंगीत क्षेत्रमा जीवन समर्पित गर्छु भनेर आएका यी संगीतकार अहिलेको जनमानसमा निकै लोकप्रिय हुदै गईरहेका छन् । निकै लामो समयको साधना र मेहेनत पछि आफु अहिले यस क्षेत्रमा उभिएको कुरा उनले बताएका छन् ।