Logo

दश करोड एक निर्वाचन क्षेत्रमा किन ? मा. भट्टराई


-राजु बिक्रम चाम्लिङ
नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट आगामी जेष्ठ १५ गते संघिय सरकारले ल्याउनको लागी अन्तिम चरणमा पुगिरहेको समयमा सबै मन्त्रालयहरु आ–आफ्नो मन्त्रालयको वार्षिक बजेटको तयारी करिब करिब अन्तिम तयारीमा जुटेका छन् । यसको साथै विगत वर्ष झै सांसदहरुद्धारा विकासको खर्चहरु गर्न सकिने किसिमले संसदिय कोषमा बजेट वृद्धि गर्नु पर्ने भन्ने मागका साथ संयोजकको भूमिकामा प्रदेश नम्बर एक खोटाङ जिल्लाको प्रतिनीधि सभा सांसद माननिय विशाल भट्टराई विगत वर्ष जसरी नै विभिन्न सम्बन्धित निकायहरुमा पैरवीको कार्य गर्दै आउनु भएको छ । माननिय भट्टराईको अग्रतामा अन्य सांसदहरुको सहकार्यमा सम्बन्धित निकायहरुमा छलफल अगाडी बढाइ रहनु भएको छ । गएका वर्षमा आफ्नो भूमिका कै कारण सांसदिय कोषमा केही रुपमा वृद्धि भएको थियो ।

माननिय भट्टराईले आफ्नो तर्क राख्दै भन्नु हुन्छ, स्थानिय सरकारद्धारा भन्दा सांसद मार्फत गएको बजेट पादर्शिताको रुपमा कार्यान्वयन भइरहेको छ । जसरी विज्ञहरुद्धारा सांसदले विधि तथा नीति नियम बनाउने समय बजेट खर्च गर्नुहुन्न भन्दा, उहाँको आफ्नो जे अभ्यास भइरहको छ, जसमा आफ्नो समयको एक प्रतिशत समय मात्र यस बजेट खर्च गर्न र परियोजना सञ्चालनको लागी खर्चिएको बताउँछन् । बाँकी उनन्नसय प्रतिशत समय अन्य विधि र प्रक्रिया तथा कानुन निर्माण खर्चिएको छ । उदाहरण दिँदै भन्नुहुन्छ, नेपालको छिमेकी राष्ट्र भारत मात्र होइन विश्वको लोकतान्त्रिक भनाउँदा राष्ट्रहरु वेलायत लगायतका देशहरुमा पनि सांसदहरुद्धारा विकासको लागी बजेट छुटाइन्छ र विकास गरिन्छ ।

माननिय भट्टराईले तर्क गर्दै थप्नु हुन्छ, यदी कुनै गाउँमा स्थानिय समूदायहरुले विकास बारे माग गरेमा सांसदहरुले हामीले संविधानको धारा र नीतिमा विकास राखेका छौं त्यहीँबाट विकास लिनु होला भनेर, वा कानुन मात्र बनाउँछु भनेर सांसद पन्छिन मिल्दैन । स्थानिय सरकार हुँदैमा सही किसिमले विकास गर्ने स्थानिय सरकार हुँदैन । यसकारण त्यसलाई व्यवस्थापन गर्न आवश्यक सांसदको भूमिका रहन्छ । यदी विकासको लागी बजेट राख्न नमिलेमा कम्तिमा सांसदहरुले छानेको दुईवटा विकास रातो किताबमा अनिवार्य हुनु पर्दछ । अन्यथा जनताले अपेक्षा गरे अनुसार जनताको चित्त बुझाउन सकिन्न । यसकारण राज्यलाई सही रुपमा विकास गर्न र जनताको अपेक्षा अनुरुप विकास गर्न आवश्यक बजेट सांसद मार्फत नै जान आवश्यक रहेका एपी वान टेलिभिजनमा आफ्नो तर्क राख्नु भएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्