‘साकेला र तिमी’ गित – डा भक्त राई
यसपालिको साकेलामा तिमीलाइ देख्दा
कम्ती मजा आको छैन तिम्रो बारे लेख्दा !
मखमली चोली मुनि छिर्के सारी लाँउदा
म त एक छिन छक्क परेँ मेरो सामु आउँदा !
सिली टिप्दै कम्मरलाइ लचक लचक पार्दा
चर्के घाममा गर्मी हुँदा सारी माथि सार्दा !
तिम्रो सुन्दर रुप देख्दा म त छक्क परेँ
तिमीलाइ हेर्दा हेर्दै ठोक्किएर लडेँ !
पानी आए तिमीसङ्गै रुझ्न मन लाग्यो
तिमी भिज्यौ पसिनाले पुछ्न मन लाग्यो !
ढ्याङ्कु ढ्याङ्कु ढोलसङ्गै नाच्यौ रमाएर
सङ्गै नाच्न मन लाग्यो हात समाएर !
मन मनै तनाव भयो तिम्रो रुप देख्दा
केहीबेर सन्चो भयो तिम्रो गीत लेख्दा !