Logo

खै ! यो मूर्ति, कस्को हो कस्को हो ? कबिता -किराती स्पन्दन


-किराती स्पन्दन

खै ! यो मूर्ति
कस्को हो कस्को हो ?

यसो हेर्दा मूलघरे कान्छाको जस्तो पनि
यसो हेर्दा राम गुरुङ माईलाको जस्तो पनि
यसो हेर्दा हेम मगर साहिलाको जस्तो पनि
यसो हेर्दा केशर सुब्बा जेठाको जस्तो पनि
यसो हेर्दा पासाङ लाक्पा काईलाको जस्तो पनि

खासमा यो मूर्ति कस्को हो ?

यसो राम्रो सँग नियालेर हेर्छु
कान्छाको जस्तो अनुहार मिल्छ
माइलाको जस्तो कान मिल्छ
जेठाको जस्तो नाक मिल्छ
काईलाको जस्तो आँखा मिल्छ
साहिलाको जस्तो थुटुनो मिल्छ

खासमा यो मूर्ति कस्को हो ?
तर म भ्रममा भने छदै छुईन
अहँ यलम्बर हाङको पनि पटक्कै होइन

तर जब
त्यो मूर्ति अवतरण गर्दा
प्रमुख अतिथि हुनेले
फलानाको हो भन्दै
घोषणा गरी माल्यार्पण गर्छ
त्यो मूर्ति त्यो दिनबाट उसैको हुन्छ

हेरौ ! अब त्यो मूर्ति कस्को हुन्छ ?

किराती स्पन्दन यलेदोङ ५०७९ तदानुसार ०३ जेठ ०७६


नोट : यो चित्र सामाजिक सन्जालमा बिबादितको रुपमा बहस छ ।

लेखक किराती स्पन्दन

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्