Logo

इन्द्र जिजिविषा म्युजिक भिडियो निर्देशनमा पनि


जेठ । चर्चित युट्युवर इन्द्र जिजिविषा म्युजिक भिडियो निर्देशक बनेका छन् । जिजिविषाद्वारा निर्देशित ‘छड्के सलाम…’बोलको म्युजिक भिडियो विहिबार सार्वजानिक भएको छ ।

लामो समय साहित्य र पत्रकारितामा बिताएका जिजिविषाले सोसियल मिडियामा लागेर छोटो समयमै चर्चा कमाउन सफल भएका थिए । उनले खोटाङमा क्याम्पस पढ्दाताकै ‘पहिलो प्रेम’ नामक कथासङ्ग्रह प्रकाशन गरेका थिए ।केही वर्ष मलेसियामा पनि बिताएका इन्द्रले त्यहाँ पत्रकारिता तथा साहित्य सेवामा बिताएका थिए ।

खोटाङ समाज मलेसियाको प्रकाशन रहेको ‘आगमन’ साहित्यिक समसामयिकको सम्पादनसमेत गरेका थिए भने डिजि मोवाइल रेडियोको समाचारवाचकको रुपमा काम गरेका थिए ।जिजिविषाद्वारा सञ्चालित ‘सिलिचुङ टिभी’ युट्युवरमाझ चर्चित रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्