Logo

तेरिया मगरले आफ्नो प्रेम सम्बन्धको बारेमा यसरी खोलिन मनको कुरा…(भिडियो सहित)


काठमाडौँ  । भारतको चर्तीच डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर सिजन-३’ कि विजेता र ‘झलक दिखलाजा जा– ९’ मा समेत विजेता बनी नेपालको नाम उच्च बनाएकी तेरिया फौजा मगर नेपालमा निकै कमै मात्रामा बस्ने गर्छिन् । नेपाली चेली तरिया मगर बेला बखतमा नेपाल आउने गर्छीन । विगत केही वर्ष यता उनी विदेशमा हुने कार्यक्रमहरूमा निकै नै व्यस्त हुने गरेकी छिन् । भारतमा अध्धयन गर्दै आएकी तरिया केही दिन यता नेपालको राजधानी काठमाण्डौमा छिन् । बुधवार उनी शुक्रवार बाट प्रदर्शन हुन लागेको चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा उपस्थित भएकी थिइन् ।

तेरिया मगरले आफ्नो मनको कुरा खोलेकी छिन। लामो समय देखि कुनै मिडियामा नदेखिएकि तेरियाले आखिर के गर्दै छिन भन्ने सबैलाई मनमा प्रश्न होला। नेपाल बाहिर पुगेर यति ठुलो प्रतियोगिता जित्ने नेपाली तेरिया उक्त डान्स सो को पहिलो  बनेकी थिइन। रुपन्देही रुद्रपुरकि तेरिया मगरको बसाइ नेपालमा भन्दा भारतमा हुने गरेकोले उनको बारेमा खबर कम आउने र मिडियामा समेत देखिन्नन्। यस पटक भने हिजो बुधबार तेरिया मगर काठमाण्डौको कुमारी हलमा चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा पुगेकी थिइन।

आज पल शाह अभिनित चलचित्र हेरेपछि प्रतिक्रिया दिदै तेरियाले आफूलाई चलचित्रले हसाउने रुवाउने दुवै गरेको बताइन। मिडियामा बोल्दै उनले आफुले चलचित्र खेल्ने नखेल्ने बारेमा समेत खुलासा गरेकी छिन। अहिले सम्म आफुले चलचित्र खेल्ने नखेल्ने बारेमा केहि निर्णय नगरेको बताउने उनले केहि समय नेपालमा आफुले फिल्म खेल्न लागेको खबर गलत भएको बताइन। आफुलाई चलचित्र खेल्ने बारेमा थाहा सम्म नहुदा तेरियाले फिल्म खेल्ने लागेको खबर सुन्दा आफु अचम्म भएको बताइन। आफुलाई फिल्म खेल्ने इच्छा रहेको समेत अन्तर्वार्ताका क्रममा बताइन तर अहिले सम्म यस बारेमा केहि नसोचेको बताइन।

‘डीआइडी लिटिल मास्टर्स सिजन ३’की विजेता तेरिया मगर अहिले के गर्दैछिन् भन्ने कौतुहलता उनका फ्यानलाई होला । तेरिया नेपालमा भन्दा भारतमा नै बढी बस्ने भएकाले पनि उनको बारेमा खबर कम आउँछन् । तेरिया, बुधबार भने काठमाण्डौको कुमारी हलमा चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा पुगिन् । चलचित्रको प्रिमियरमा पुगेकी तेरियाले आफूलाई चलचित्रले कतै रुवाएको, कतै हसाँएको प्रतिक्रिया दिइन् । उनले, केही समय अगाडि चलचित्र खेल्ने समाचार पनि आएको थियो । यस बिषयमा तेरियाले भनिन्–‘त्यो गलत कुरा थियो । चलचित्र खेल्न लागेको भन्ने खबर आउँदा म पनि अचम्मित भएकी थिएँ । अहिले त्यो बिषयमा कुनै सोच छैन ।’

तेरियाले अहिले आफूले त्यस्तो केही काम नगरेको भन्दै सिकिरहेको नै सुनाइन् । कुन नायकसँग पर्दामा काम गर्न मन छ भन्ने प्रश्नमा तेरियाले भनिन्–‘त्यस्तो एक जना भन्ने त कोही पनि हुनुहुन्न । मलाई सबैसँग काम गर्न मन छ । सबै जना राम्रो हुनुहुन्छ ।’

भिडियो हेर्नुहोस्

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्