Logo

‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’को भिडन्त : बुकिङ खुल्ला


जेठ ३ गतेबाट प्रदर्शनमा आउनल लागेका दुई फिल्महरु ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ को देशभरका मल्टिप्लेक्समा बुधबारदेखि बुकिङ खुल्ला गरिएको छ । फिल्महरुले सबैजसो मल्टिप्लेक्समा राम्रो शो पाएको छ । जात्रै जात्राले क्यूएफएक्स चेनहरु जय नेपालमा ४, सिभिलमा ४, कुमारीमा ४ र छाया सेन्टरमा यो फिल्मले ३ शोज पाएको छ ।

यस्तै, ललितपुरमा रहेको लबिम मलमा फिल्मले ४ शो गरि ५ पर्दामा १९ शोज पाएको छ । बीग मुभिजले यो फिल्मलाई ४ शो दिएको छ । उता वीर विक्रमले सिभिल, कुमारी र छाया सेन्टरमा ३ शोज पाएको छ भने जय नेपालमा १ शो पाएको छ । बीग मुभिजमा पनि ३ शोज पाएको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्म ‘जात्रै जात्रा’मा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेकोे छ भने मिलन चाम्सको निर्देशनमा बनेको फिल्म ‘वीर विक्रम २’ मा पल शाह, वर्षा शिवाकोटी, बुद्धि तमाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । दुवै फिल्मले ओपनिङ सुखद गर्ने अपेक्षा गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्