रूपन्देही । नेपाल प्रहरीमाथि जाइलाग्ने भारतीय हतियार तस्करको मृत्यु भएको छ । रुपन्देहीको शंकरपुर नाकामा बिहीबार दिउँसो प्रहरीले गोली चलाएको थियो ।
भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबीको उपचारका क्रममा भारतमै मृत्यु भएको हो । धोबीलाई पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि आक्रमण गरेका थिए । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताएका छन ।
प्रहरीका अनुसार गोली लागेर घाइते भएका धोबीलाई भारतीय पक्षले नै उठाएर लगेका थिए । ‘प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए’, डीएसपी भण्डारीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।’
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
