नेपाल प्रहरी माथि जाइलाग्ने भारतीय तस्करको गोलीलागि मृत्यु, नेपाल प्रहरीका तीन जना घाइते

रूपन्देही । नेपाल प्रहरीमाथि जाइलाग्ने भारतीय हतियार तस्करको मृत्यु भएको छ । रुपन्देहीको शंकरपुर नाकामा बिहीबार दिउँसो प्रहरीले गोली चलाएको थियो ।
भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबीको उपचारका क्रममा भारतमै मृत्यु भएको हो । धोबीलाई पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि आक्रमण गरेका थिए । सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताएका छन ।
प्रहरीका अनुसार गोली लागेर घाइते भएका धोबीलाई भारतीय पक्षले नै उठाएर लगेका थिए । ‘प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए’, डीएसपी भण्डारीले भने, ‘प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो।’