Logo

विद्यार्थी अध्यक्षमा ऐन महर, युवा दीपशिखा (सम्पूर्ण जनसंगठनका अध्यक्ष र सहअध्यक्षको नामसहित)


काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)काे अध्यक्षमा ऐन महर चयन भएका छन् । बिहीबार बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे बैठकले अनेरास्वावियुकाे अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रन्जित तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि महर अनेरास्ववियुकाे महासचिव थिए भने तामाङ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष थिए ।

यस्तै बैठकले युवा संगठनमा रामप्रसाद सापकोटा दिपशिखा अध्यक्ष र सह अध्यक्षमा रमेश पौडेललाइ जिम्मेवारी दिने निर्णय गरेको छ ।  सापकोटा तत्कालीन माओवादी निकटको वाइसिएलका अध्यक्ष हुन भने  पौडेल तत्कालीन एमाले निकट युवा संघका अध्यक्ष हुन ।

यी हुन् जनसंगठनको जिम्मेवारी पाएका ३६ नेता।

१. विद्यार्थी संगठन संयोजक – ऐन महर (पूर्वएमाले) सहसंयोजक – रञ्जित तामाङ (पूर्वमाओवादी)

२. युवा संगठन संयोजक – रामप्रसाद सापकोटा दीपशिखा (पूर्वमाओवादी) सहसंयोजक – रमेश पौडेल (पूर्र्वएमाले)

३. महिला संगठन संयोजक – अमृता थापा (पूर्वमाओवादी) सहसंयोजक – सीता पौडेल (पूर्वएमाले)

४. मजदुर संगठन संयोजक – विनोद श्रेष्ठ (पूर्वएमाले) सहसंयोजक – जगत सिम्खडा (पूर्वमाओवादी)

५. पत्रकार संगठन संयोजक – महेश्वर दाहाल (पूर्वमाओवादी) सहसंयोजक – गणेश बस्नेत (पूर्वमाओवादी)

६. बुद्धिजिवी संगठन संयोजक – दिनेशचन्द्र देवकोटा (पूर्वएमाले) सहसंयोजक – कृष्ण केसी (पूर्वमाओवादी)

७. पेशागत महासंघ संयोजक – विश्वनाथ प्याकुरेल (पूर्वएमाले) सहसंयोजक – ईश्वरी भण्डारी (पूर्वमाओवादी)

८. जनसाँस्कृतिक महासंघ संयोजक – खगेन्द्र राई (पूर्वएमाले) सहसंयोजक – सरल सहयात्री (पूर्वमाओवादी)

९. मुस्लिम संगठन संयोजक – सिराज महम्मद फारुकी (पूर्वएमाले) सहसंयोजक – अत्तहर हुसेन फारुकी (पूर्वमाओवादी)

१०. दलित संगठन संयोजक – तिलक परियार (पूर्वमाओवादी) सहसंयोजक – ओमबहादुर विश्वकर्मा (पूर्वएमाले)

११. निर्माण व्यवसायी संगठन संयोजक – यज्ञध्वज कार्की (पूर्वएमाले) सहसंयोजक – शिवप्रसाद चौंलागाईं (पूर्वमाओवादी)

१२. आदिवासी जनजाति महासंघ संयोजक – सुरेश आलेमगर (पूर्वमाओवादी) सहसंयोजक –शेरबहादुर तमाङ (पूर्वएमाले)

१३. अपांग संगठन संयोजक – ईन्द्रमाया गुरुङ (पूर्वमाओवादी) सहसंयोजक – रामप्रसाद ढुंगाना (पूर्वएमाले)

१४. खेलकूद संगठन संयोजक – पुरुषोत्तम पौडेल (पूर्वएमाले) सहसंयोजक – शिव कोइराला (पूर्वमाओवादी)

१५. उद्योग व्यवसायी महासंघ संयोजक – लक्ष्मीदास मानन्धर (पूर्वएमाले) सहसंयोजक – श्याम पाठक (पूर्वमाओवादी)

१६. प्रवासी नेपाली मञ्च भारत संयोजक – लोकनाथ भण्डारी (पूर्वएमाले) सहसंयोजक – ईश्वरी भण्डारी (पूर्वमाओवादी)

१७. सुकुम्वासी संगठन संयोजक – रामप्रित पासवान (पूर्वएमाले) सहसंयोजक – पदम देवकोटा (पूर्वमाओवादी)

१८. भूतपूर्व सैनिक तथा प्रहरी संगठन संयोजक – धनबहादुर चन्द (पूर्वएमाले) सहसंयोजक – तोक्न बाँकी ।

यसबाहेक महिला संयोजकमा अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ । थापा तत्कालीन माओवादी निकट महिला र पौडेल तत्कालीन एमाले निकट महिला संगठनकी नेतृ हुन् । यसबाहेक मजदुर विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् ।

यसबाहेक प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी र बस्नेत तत्कालीन एमााले निकट संगठन मिडिया संगठनका नेता हुन् । त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् । जनबर्गीय संगठनका सवै नाम टुंग्याएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी रहेको स्रोतको भनाई छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्