छुट भूकम्प पीडितले वडामा सम्पर्क राख्नुपर्ने : अन्तिम पटकको पुनः जाँच धमाधम
खोटाङ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको घरको निजि आवास अनुदान लिनबाट छुट भएका पिडितले वडामा सम्पर्क गरेर क्षति ग्रस्त घरको विवरण संकलन गराउनुपर्ने भएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, खोटाङले एक सूचना जारी गरेर खोटाङ जिल्लामा २०७६ वैशाख २० गतेदेखि प्राविधिकहरुलाई सबै पालिकाहरुमा खटाई सकिएको जानकारी गराएको छ । इकाईले लाभग्राही कायम हुनुपर्ने भनि गुनासो दर्ता गर्नु भएका व्यक्तिहरुले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क राखि खटिएका प्राविधिकहरुलाई क्षति ग्रस्त घरको विवरण संकलन गराउनु हुन अनुरोध समेत गरेको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पले क्षति पुर्याएको घरको निजि आवास अनुदान लिनबाट छुट भएका पिडितहरुको लागि अन्तिम पटकलाई गुनाकोकर्ताको निवेदनलाई वडाको सिफारिसका आधारमा क्षतिग्रस्त घरसम्म पुगेर पुनः सर्वेक्षण तथा पुनः जाँँच गर्ने कार्यक्रम बढाइरहेको हो ।
यसअघि प्राधिकरणले वैशाख १५ सम्म पुनः जाँच सक्ने लक्ष्य राखे पनि पुनः जाँचको समय थप गरिएको हो । सरकारले अन्तिम पटकको लागि भनेर कार्यक्रम अघि बढाइरहेकाले गुनासोकर्ता यस पटक पनि छुट्न गएमा अनुदानबाट छुट्न सक्ने देखिएको छ । सरकारले भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि शर्तसहित तीन चरणमा ३ लाख प्रदान गर्दै आएको छ ।