Logo

भोजपुर सदरमुकाममा आगलागी, दमकल पुग्न सकेन


भोजपुर सदरमुकाम नजिकैको पोखरे क्षेत्रमा आगलागी भएको छ । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो ।

स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगो नजिकैको अर्को घरमा समेत फैलिएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिए पनि नियन्त्रणमा आउन सकेको छैन ।

सडक साँघुरो भएका कारण भोजपुर नगरपालिकाको दमकल पुग्न नसकेको प्रहरीले बताएको छ ।

खानेपानीको लाइनबाट पानीले आगो निभाउने प्रयास भए पनि पानी पर्याप्त नहुँदा क्षती तथा जोखिमको संभावना बढ्दो छ । घरभित्र रहेका खाना पकाउने ग्यासको सिलिण्डरहरु पड्किँदा आगो झन् फैलिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्