Logo

४४ जातिलाई उपेक्षा गरिएको आरोप, प्रथम महाधिबेशन गर्दै राष्ट्रिय आदिबासी जनजाति महासंघ


आदिबासी जनजातिको सुचिमा नपारिएका तथा बिभेद र बहिष्करणमा पारिएका ४४ सुचीउन्मुख आदिबासी जनजातिहरुको संगठन राष्ट्रिय आदिबासी जनजाति महासंघको प्रथम ऐतियहासिक महाधिबेशन बिराटनगरमा आयोजना हुने भएको छ ।

हिमाल,पहाड र तराईका ४४ वटा जनजातिहरु आदिबासी र जनजाति महासंघमा सुचिकृत हुन नसकेको र आफुहरु बहिष्करणमा परेको भन्दै छुटेका जातिहरुलाई आदिबासी जनजाति महासंघमा आबद्ध गर्नुपर्ने कुलुङ महिला उत्थान संघकी केन्द्रिय अध्यक्ष कञ्चन कुलुङले माग गरिन ।

संघिय मामिला,तथा सामान्य प्रशासन मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय,राष्ट्रिय मानब अधिकार आयोग लगायतले समेत आबिासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ बमोजिम सुचिमा सुचिकृत र सुचिकृत हुन बाँकी आबिासी जनजातिहरुको बिषयमा पुनराबलोकन गरी छुट भएकाहलाई सुचिकृत गर्न गराउन निर्देशन भएपनि सुचिकृत नभएको भन्दै कुलुङले गुनासो गरिन ।

महासंघको अधिबेशन यहि जेठ ४ गते शनिबार बिरेन्द्र सभागृहमा आयोजना हुन लागेको हो । अधिबेशनको संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उदघाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रदेश १ का सामाजिक बिकास मन्त्री जिवन घिमिरे लगायतको समेत उपस्थिति रहने छ ।

बिभेद न्युनीकरण,समतामुलक सहभागिता,समानता,शुसासन र लोकतन्त्रको प्रर्बद्धन गर्न र समृद्ध र सुखी नेपालीको नारालाई साकार पार्न र बिभेद र बहिष्करणमा पारिएकाहरुको आवाज बुलन्द गर्न कार्यक्रम आयोजना गरिएको महासंघका केन्द्रिय अध्यक्ष चन्द्रसिंह कुलुङले जानकारी दिए ।

आफुहरु आदिबासी जनजातिका रुपमा सुचिकृत नहुँदा सेवा सुबिधाबाट बञ्चित भएको र आफुहरु आदिबासी जनजाति नै भएपनि अन्य जाति सरहको ब्यबहार सहनुपरेको भन्दै छुटेका जातिहरुलाई समाबेश गर्न जोडदार माग समेत गरेकी छिन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्