मायाले मुहार छातीमा कुँदे उनैको अनुहारमा एसिड प्रहार

२ जेठ, काठमाडौं । दोलखाको डाँडागाउँकी जेनी खड्का कलिलै उमेरमा पारिवारिक स्नेहबाट टाढा भइन् ।
कमजोर आर्थिक अवस्था भएका कारण आश्रममा बसेर पढ्न थालिन् । आश्रममा रहँदा उनी हरक्षण निष्पिmक्री भएर मनको बह पोख्न सक्ने साथीको खोजीमा तल्लीन रहन्थिन् । अन्ततः कक्षा १० मा पढ्दै गर्दा काभ्रेका विष्णु भुजेलसँग उनको भेट भयो, जसले उनको एक्लो जीवनमा साथ दिने वाचा गरे ।
विष्णु (रोयल) भुजेल र जेनी (बुनु) खड्काको फेसबुक टाइमलाइन हेर्दा उनीहरुबीच प्रेम सम्बन्ध प्रगाढ रहेको बुझ्न सकिन्छ।
हुन पनि मुटुको अग्र भाग छातीमा बिष्णुले जेनीको अनुहार ट्याटु खोपेका छन्।
केही दिनअघिसम्म दुवैले सँगै रहेका तस्बिर फेसबुकमा पोष्ट गरेका थिए। ती तस्बिरहरु एक अर्कालाई ट्याग भएका छन्।
फेसबुकमा देखिने यो सुमधुर सम्बन्ध वास्तविकतामा विपरित दिशातर्फ मोडिएको छ। विष्णु बुधबार रातीदेखि प्रहरी हिरासतमा छन्। जेनी कीर्तिपुर अस्पतालको ब्रन सेन्टरमा उपचाररत छिन्। मातापिताबीच सम्बन्धमा टकराव आएसँगै उनीहरुका एक मात्र अवोध सन्तान परिवारको जिम्मामा पुगेका छन्।
काठमाडौंमा बुधबार राती एकाएक युवतीमाथि एसिड प्रहारको घटनाले सनसनी फैलियो। धेरैले केही वर्षअघि काठमाडौंमा प्रवेशिका परीक्षा दिने तयारीमा रहेकी युवतीमाथि भएको एसिड प्रहार घटना समरण गरे।
महानगरीय प्रहरी परिसरले काठमाडौं कालोपुलमा आमा र बहिनीसँग बस्दै आएकी जेनी खड्कामाथि एसिड प्रहार गर्ने उनका श्रीमान बिष्णु भुजेललाई राती १० बजे पक्राउ गर्यो। बिष्णु पक्राउ परेसँगै उनीहरूको सम्बन्धका दोषहरु सतहमा देखिएका छन्।
विवाहपछि यी दुवै काभ्रे देउरालीमा रहेको घर नगई बनेपामा डेरागरी बस्न थाले। विष्णु बनेपामै एउटा ग्यारेजमा काम गर्थे। उनीहरूबीच राम्रै सम्बन्ध चलिरहेको थियो। प्रेम प्रदर्शन गर्न विष्णुले छातीमा जेनीको तस्बिर कुँदेका छन्। विवाहको अर्को वर्ष उनीहरुबाट एक सन्तानको जन्म भयो। त्यसपछि बिष्णुले उनलाई आफ्नो पुर्खेयौली घर लिएर गए। बिष्णुको घरपुगेपछि मात्र जेनीले पतिबारे दोस्रो सत्य थाहा पाइन्। आफू पहिलो प्रेम नभई दोस्री श्रीमती भएको बुझिन्। यो घटनाले उनी छाँगाबाट खसेजस्तो भइन्।
यसपछि उनले सोच बदलिन्। बिष्णुलाई छोडिन्। कालोपुलमा आमा र बहिनीसँग बस्न थालिन्। त्यसपछि बिष्णुले कहिले फकाउँथे, कहिले धम्क्याउँथे। धोका पाएको अनुभव गरेकी जेनीको मन फर्किएन।
‘बुधबार पनि बिष्णु र जेनीबीचमा पटक–पटक टेलिफोनमा कुरा भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न डिएसपी होविन्द्र बोगटी भन्छन्, ‘त्यो कुराकानीपछि उनी भेट्न तयार भएको थिइन्।’
बिष्णु बनेपाबाट जेनीलाई भेट्न काठमाडौं आए। उनी सरासर कालोपुल गए। जेनीलाई घर बाहिर एकान्तमा लगे।
‘आफ्नै श्रीमानले यति ठूलो घटना गराउलान भन्ने युवतीले कल्पनासम्म गरेकी थिइनन् भन्ने देखियो,’ डिएसपी बोगटी भन्छन्, ‘योजनाअनुसार एसिड बनेपाबाटै ल्याएका रहेछन्।’
दुवै जना एकान्तमा पुगेपछि विष्णुले जेनीलाई एसिड प्रहार गरे। जेनी एसिडले शरीर जल्न थालेपछि हार गुहारगर्दै चिच्याउन थालिन्। उनलाई स्थानीयहरुले तत्कालै नजिकैको ओम अस्पताल पुर्याए। ओम अस्पतालमा जलेका बिरामीको उपचार हुँदैन। त्यसपछि उनलाई कीर्तिपुर अस्पतालको बर्न सेन्टर लगियो।
श्रीमतीलाई एसिड प्रहार गरेपछि बिष्णु भागेर काडाँघारी पुगे। घाइते जेनीको बयानपछि उनको खोजीमा जुटेको काठमाडौं प्रहरीले काँडाघारीमा रहेको एउटा रेष्टुराँमा मादक पर्दाथ सेवन गरिरहेको अवस्थामा विष्णुलाइ पक्राउ गरेको छ। ‘बनेपाको एउटा सुनचाँदी पसलबाट एसिड खरिद गरेको खुलेको छ,’ डिएसपी बोगटीले नेपालखबरसँग भने ‘हामी थप अनुसन्धानपछि एसिड प्रहारकै महलमा कारबाही चलाउछौं।’
कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी जेनीको अवस्था खतरामुक्त छ।
अस्पतालका जनसम्पर्क प्रमुख तारानिधि भुर्तेलका अनुसार युवतीको सघन उपचार कक्षमा उपचार भइरहेको छ। चिकित्सकहरुले युवती खतरामुक्त रहेको जानकारी दिएका छन्।
तेजाब आक्रमण र ज्यान मुद्दा चलाउने तयारी
पुगिसकेकी जेनीको अवस्था चिन्ताजनक छ । घटनालगत्तै मोटरसाइकल चढेर भागेका भुजेल अहिले प्रहरी हिरासतमा पुगिसकेका छन् ।
‘कालोपुलबाट बागेर ऊ काँडाघारीसम्म पुगिसकेको रहेछ’, बोगटीले अनलाइनखबरसँग भने, ‘तर, हाम्रो टोलीले उनलाई नै समात्न सफल भयो ।’
महानगरीय प्रहरी वृत्त, कमलपोखरीले उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर बयान लिइरहेको छ ।
गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराधसंहिता अनुसार तेजाब आक्रमण गरेको अभियोग प्रमाणित भए ५ वर्षदेखि ८ वर्षसम्म कैदी वा १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । भुजेलको हकमा कर्तव्य ज्यान मुद्दा पनि चल्न सक्नेछ ।