घटेका नेपाली भाषी, राईकरणको घानमा परेका किरातीहरु र विद्धानहरुको चाला !
-निनाम कुलुङ ‘मंगले’
विसं २०७५ भदौको दोस्रो हप्ता एक दैनिकमा प्राध्यापक दानराज रेग्मीको ‘तपाईँले बोल्ने दोस्रो भाषा कुन ?’ शीर्षकको लेख प्रकाशित भएको थियो । सो लेखमा लेखकले ‘२०६८ मा भएको राष्ट्रिय जनगणनामा उल्लेख भएका र नेपालमा बोलीने मातृभाषा र भाषिकाको भेद छुट्याउन नसक्नु, नेपाली भाषाकै भाषिकाको रुपमा रहेका पश्चिम नेपालका स्थान विशेषका नेपाली भाषाका भाषिकालाई पनि जिल्लापिच्छे अलग्गै नाम दिएर भाषाको रुपमा मान्यता दिएको वा पाएको बारे, किरात परिवारको भाषाबारे (कथित् राई भाषा !) मधेसमा बोलीने भाषा र भाषिका, नेपालमा अस्थाई रुपमा बस्ने/रहेका विदेशीले बोल्ने विदेशी भाषालाई समेत नेपालमा बोलीने मातृभाषा मानिएको अवस्था, देशमा प्रत्येक १०–१० वर्षमा भई रहने राष्ट्रिय जनगणनामा घटबढ भई रहने भाषा आदिका बारेमा धेरै हदसम्म तथ्यपरक ढंगले लेखेका छन् भन्न सकिन्छ ।
तर, अरु लेखक वा भाषाविद भनौंदाहरुले झैं रेग्मी सर पनि कथित राई जात र राई भाषीबारेमा भने जानाजान हो वा अन्जानमा हो ? चिप्लिएका छन् । अझ सो लेखबारे केही सहमति र केही असहमति राखेर यो केही नजान्नेकुलुङे ! ले प्रतिक्रिया लेखेर पठाएको थियो, दुःखको कुरो सो प्रतिक्रिया पनि सम्बन्धित दैनिकले कति कारणले हो ? छापेन । यसरी हामी सीमान्तकृतहरुको आवाजलाई ‘आवाज विहीनहरुको पनि आवाज !’ भनिने मिडियाहरुले नै पनि स्थान नदिएपछि अरुले त झन् … तापनि लेखक रेग्मीले आगामी १२ औं जनगणना विसं २०७८) मा भाषाका सम्बन्धमा ‘तपाईँको पूर्खाको वा पहिचानको भाषा कुन, तपाईँले बोल्ने पहिलो भाषा कुन, तपाईँले बोल्ने दोस्रो भाषा कुन’ भनी प्रश्न राख्नुपर्ने सुझाव पनि दिएका छन् ।
यसमा भने गहन ढंगले बहस र छलफल गर्नुपर्ने देखिन्छ । किनभने, लेखकको उक्त सुझाव कतै घुमाईफिराई खस नेपाली भाषालााई नै बहुमत नेपालीले भाषा (बहुसंख्यकले बोल्ने भाषा) बनाउने तर्फको कदम त होइन ? आदिवासी जनजाति, मधेसी लगायत आफ्नो छुट्टै मातृभाषा भएका मातृभाषीहरुले बेला छँदै यस बारेमा सोच्नुपर्ने देखिन्छ । बहस र छलफल गर्नुपर्ने देखिन्छ । किनभने, २०५८ १० औं राष्ट्रिय जनगणनामा पहिलोपटक नेपाली भाषाको वक्ता संख्या अल्पमतमा परेको थियो । त्यो बेला नेपाली भाषीको संख्या घटेर लगभग ४८ प्रतिशतमा झरेको थियो । यसरी नेपाली भाषीको वक्ता संख्या घट्ने क्रम २०६८ को ११ औं राष्ट्रिय जनगणनामा पनि कायमै रह्यो । २०६८ को राष्ट्रिय जनगणनामा नेपाली भाषीहरुको वक्ता संख्या घटेर ४६.६ प्रतिशतमा झरेको छ ।
जे होस्, यो केही नजान्ने कुलङ ढाक्रेको अहिलेको चासो (यो लेखको उदेश्य) भनेको समग्र नेपाली भाषाभाषी र जातजातिका बारेमा भन्दा पनि कथित् राई जात ! र कतिथ् राई भाषी ! का बारेमा रहेको छ । किनभने, कथित् राई जात र राई भाषीले गर्दा नेपालका अन्य जात वा जातिसरह अलग्गै जातीय अस्तित्व र जातीय स्वपहिचान भएका २२, २४ वा २८ वटा भन्दा बढी किरातीहरुमा परेको÷गरेको असर बारेमा रहेको छ । हुन पनि यसरी कथित् राई जात वा जाति र राई भाषा वा भाषीको फुर्को वा टोपी, पगरी/पदवी टाउकामा झुन्ड्याउनुपर्ने वाध्यताले गर्दा कुलुङ लगायत माथि उल्लेख गरिएको २२/२४/२८ जाति किरातीहरुको स्वतन्त्र जातीय अस्तित्व नै नामेट हुन लागेको छ । त्यसैले यहाँ यसबारेमा छोटो चर्चा गरिने छ ।
२१ औं शताब्दी भनिए तापनि हालको अवस्था भनेको विश्वभरि नै जातीय स्वपहिचान, भाषिक अधिकार, मानवअधिकार, मान्छेले म स्वयम् को हुँ ? भनेर आप्mनो स्वपचिान दिने अधिकार, आत्मनिर्णयको अधिकार, मौलिक हक–अधिकार आदिका लागि संघर्ष भैरहेको अवस्था हो । नेपालमै पनि ‘नेपालको समस्या भनेको वर्गीय मात्रै हो, जातीय हुँदै होइन ! भन्ने बाहुन क्षेत्री कामरेडहरुले नै ‘आ–आफ्नो थर र गोत्रको आधारमा संगठित भैसकेको/भैरहेको अवस्था’ पनि हो ।
तर, प्राध्यापक तथा लेखक रेग्मी पनि नेपालका अरु प्राध्यापक, लेखक वा भनौं विद्धानहरु ! झै हालसम्म कथित् राई जात वा राई भाषी भनिनेहरुका बारेमा वास्तविकता के हो त ? सो बारेमा लेख्न डराएका छन् । अथवा प्राध्यापक रेग्मीले पनि राई के हो ? भन्नेबारेमा साँच्चै केही थाहा पाएका छैनन ! जब कि रेग्मी स्वयम् पनि भाषा विज्ञानकै डाक्टर, प्राध्यापक र लेखक हुन् क्यारे ! लेखक रेग्मी स्वयम् पनि त्यसरी भाषा विज्ञानकै डाक्टर, प्राध्यापक र लेखक भैसकेपछि कम्तिमा एक जातिको २८ वा सो भन्दा बढी मातृभाषा हुन्छ ? त्यसरी म एक जाति राई मेरो मातृभाषाचाहिँ २८ वटा छ भनेर २८ वटा भाषामा फररररर … बोल्न सक्ने कोही राई छ ? यसबारेमाचाहिँ अनुसन्धान गर्नु पर्दैन ? कि भाषा विज्ञानका डाक्टर भएर पनि हाहा–हुहुमै एक जाति राई !, २८ भाषी राई ! भन्दै हिंड्ने ? कथित् राई जातिको नाम भजाएर पैसोको पोकोमा रमाउन चाहनेहरुलाई त ठीकै छ, किनभने, उनीहरुलाई जातजाति र भाषाभाषीको खासै मतलब रहेको हुँदैन, पैसोको पोको भए पुग्यो । तर, भाषा विज्ञानका डाक्टर, प्रध्यापक, लेखकहरुले त्यसो गर्न नैतिकताले पनि नदेला कि ? त्यसैले आगामी दिनमा प्राडा रेग्मी लगायत अन्य प्राडाहरुले खासगरी भाषा विज्ञानका प्राडाहरुले सम्बन्धित जातजाति र भाषाभाषीको उत्पत्तिथलो वा परम्परादेखि बस्दै आएको भूमिमा गएर अध्ययन गर्न नसके तापनि विसं २०४८ को राष्ट्रिय जनगणना, विसं २०५८ को राष्ट्रिय जनगणना र विसं २०६८ र, देशीविदेशी भाषा विज्ञानका खोज–अनुसन्धानकर्ताहरुले खोज अनुसन्धान गरेर लेखेको किताबहरु अध्ययन गरेर ‘टेबल वर्क !’ गरेर वास्तविकताबारे लेख्ने हो कि ? भन्ने यो केही नजान्ने कुलुङे ढाके्रको सानो सुझाव मात्रै हो, मान्नै पर्छ भन्ने छैन ।
हुन त मान्छेको चेतनाको स्तर विरलै मात्र पछाडि फर्कन्छ वा चेतनाको स्तर भनेको पछाडि फर्कँदै फर्कँदैन भन्ने गरिन्छ । तर, पनि नेपालका पछिल्लो छिमलका कुनै पनि भाषा विज्ञ वा भाषा विज्ञानमा डाक्टी गरेका प्राध्यापक, डाक्टर, अन्वेषक, विश्लेषक, लेखक लगायत विद्धानहरु ! ले कथित् राई जातजाति वा राई भाषाभाषीबारे वास्तविकता के हो ? उनीहरु जानाजान खुलेर लेख्न र बोल्न चाहँदैनन भन्ने देखिन्छ । त्यसैले यो ‘केही नजान्ने कुलुङे ढाक्र’ेले राईको बारेमा रहेको ‘रहस्यको पोको’ वास्तविक पोको खोल्ने उदेश्यसहित केही लेख्ने विचार गरेको हो । खासमा पछिल्लो छिमलका नेपालका कुनै पनि प्राध्यापक, डाक्टर, अन्वेषक, विश्लेषक, लेखक लगायत विद्धानहरु ! ले विसं २०४८ को राष्ट्रिय जनगणना, विसं २०५८ को राष्ट्रिय जनगणना र विसं २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकलाई ‘टेबल वर्क !’ गरेर मात्रै लेखे पनि राई के हो ? र कथित् राई भाषाका बारेमा के हो ? पत्तो पाउँथे । तर, यी नेपालका पछिल्लो छिमलका कुनै पनि प्राध्यापक, डाक्टर, अन्वेषक, विश्लेषक, लेखक लगायत विद्धानहरु ! लाई पनि कथित् राई जाति वा राई भाषाकाका बारे अतिशय मोह भएरै हो कि ? उनीहरु त्यति सजिलै गर्न सकिने विसं २०४८ को राष्ट्रिय जनगणना, विसं २०५८ को राष्ट्रिय जनगणना र विसं २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकलाई ‘टेबल वर्क !’ गरेर वास्तविकताबारे लेख्नसमेत सक्दैनन् वा डराउँछन् ।
त्यसको मतलब के हो त भन्दा हालसम्म कथित् राई भाषा ! वा राई जाति ! भनिदै आएको बारेमा वास्तविकता के हो त ? आपूmले जाने/बुझेको केही प्रष्ट पार्नु रहेको छ । किनभने, २१ औं शताब्दी भनिए तापनि हालको अवस्था भनेको विश्वभरि नै जातीय स्वपहिचान, भाषिक अधिकार, मानवअधिकार, मान्छेले म स्वयम् को हुँ ? भनेर आप्mनो स्वपचिान दिने अधिकार, आत्मनिर्णयको अधिकार, मौलिक हक–अधिकार आदिका लागि संघर्ष भैरहेको अवस्था हो । त्यसका लागि जनवकालत पनि प्रशस्तै भैरहेको छ । नेपालमै पनि ‘नेपालको समस्या भनेको वर्गीय मात्रै हो, जातीय हुँदै होइन ! भन्ने बाहुन क्षेत्री कामरेडहरुले नै ‘आ–आफ्नो थर र गोत्रको आधारमा संगठित भैसकेको/भैरहेको अवस्था’ पनि हो ।
तर, पनि प्राध्यापक र विद्धान ! लगायतका अन्य विषय विज्ञहरुले कथित् राई जातिका सम्बन्धमा वास्तवमै केही नबुझेको अवस्था हो त ? कि बुझीबुझी बुझ पचाएको हो ? फेरि पनि यो बबुरोलाई प्राध्यापक र विद्धान ! लगायतका अन्य विषय विज्ञहरुलाई प्रश्न गर्न मन लाग्छ । यदि उनीहरुले कथित् राई जातिका सम्बन्धमा वास्तवमै केही नबुझेको अवस्था हो भने, ‘विगतमा राई भन्नाले नेपालको कुनै जात वा जाति जनाउँथेन/थिएन/होइन ।’ हुन त राई भन्नाले विगतमा जात वा जाति जनाउँथेन/होइन भनेर धेरै विदेशी तथा नेपाली विद्धानहरुले लेखेका पनि छन् । तर, यहाँ ती सबै विदेशी तथा नेपाली विद्धानहरुले लेखेका किताबको नाम, उनीहरुका नाम र उनीहरुले भनेका/उनीहरुले लेखेका भनाइहरु राख्दा लेख धेरै नै लामो हुने र, संभवतः ती सबै भनाइहरुलाई कान्तिपुर दैनिकले एकैचोटि स्थान पनि उपलब्ध गराउन नसक्ने हुनाले यहाँ केही उल्लेख गरिएको छैन ।
त्यस्तै एउटा उदाहरण यहाँ उल्लेख गरेको छु । नेपालमा हाल सूचीकृत ५९ जातिमध्ये सरुमा याक्खा जाति अलग्गै जातिको रुपमा सूचीकृत थिएन । याक्खा अलग्गै आदिवासी जनजातिको रुपमा २०५८ मा मात्रै सूचीकृत भएको हो । त्यसअघि राई भन्नेहरुले याक्खालाई तिमीहरु याक्खा होइनौ, राई हौ भन्थे भने, लिम्बुले पनि याक्खालाई तिमीहरु याक्खा पनि होइनौ, राई पनि होइनौ, लिम्बु हौ ! भन्थे । यसरी नेपालमा कुन जाति को हो ? को होइन ? भन्नेबारे अरुले नै ठेक्का लिई दिनुपर्ने वाध्यतात्मक अवस्था विद्यमान छ !
वास्तवमा ‘राई’ भनेको विगतमा खास गरेर पृथ्वीनाराण शाहले सुरु गरेको नेपालको भगौलिक एकीकरणलाई उनका भाइ–भारदारको पालामा सकिएपछि/रोकिएपछिपूर्वका रिातीहरुलाई उनीहरुको भूगोलसमेत फुटार जस्तै वल्लो किरात, माझ किरात र पल्लो किरात गरेर किनेर पाइने पद वा पगरी थियो ।
हो, अहिलेसम्म अरुले नै तँ यो जाति होस्, तँ यो जाति होइनस् ! भनी ठेक्का लिई दिनुपर्ने वाध्यतात्मक अवस्थामा रहेका जातिहरुमा आठपहरिया, कुलुङ, मेवाहाङ, बाहिङ लगयात पनि हुन् । यसरी आठपहरिया, कुलुङ, मेवाहाङ, बाहिङ लगयात २४ वा २८ भाषी किरातीहरुको हकमा पनि ‘तिमीहरु आठपहरिया, कुलुङ, मेवाहाङ, बाहिङ नभएर राई नै हौ, भनेर ठेक्का लिने र, जबरजस्ती राई बनाउने काम’ राई यायोक्खा नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद दर्ता नं.–२६५६) का हर्ताकर्ताहरुले गरीरहेका छन्लि/ई रहेका छन् । त्यसमा समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, भाषाविद भनिनेहरुले पनि सुविधा सम्पन्न सहर–बजारमा बसेर हचुवाकै भरमा ‘चोचोमा मोचो’ मिलाउने गरेका छन् । भन्नुको मतलब समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, भाषाविद भनिनेहरु पनि सम्बन्धित जातजातिको उत्पत्ति थलो गएर अध्ययन–अनुसन्धान गर्दैनन् ! नत्रभने, विश्वका कुनै पनि देशमा एक जाति, २४ वा २८ भाषी रहेको थाहा पाउनु भएको छ ? देख्नु/सुन्नु भएको छ ? एक जातिको २४ वा २८ वटा भाषा हुन सक्छ ? लेखक स्वयमले नेपालको भाषाहरुको अध्ययन–अनुसन्धान गर्न खटिएको बेलामा कोही त्यस्तो राई भेट्नु भो ? एकजना राईले २४ वा २८ वटा भाषामा खररर … बोलेर देखायो÷देखाए ? यो प्रश्न कसैसँग ‘अनुराग र द्धैष’ राखेर गरेको होइन है !
यहाँ अर्को के प्रस्ट पारौं भने, आठपहरिया, कुलुङ, याम्फु र लोहोरुङ जातिलाई विसं २०६५ मा मानवशास्त्री डाक्टर ओम गुरुङको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको ‘उच्चस्तरीय सूची परिमार्जन तथा आदिवासी जनजाति पुनः सूचीकरण अध्ययन कार्यदल’ले आदिवासी जनजातिमा सूचीकृत गर्नका लागि सिफारिस गरिसकेको छ । त्यस्तै २०६८ को राष्ट्रिय जनगणनामा पनि आठपहरिया, कुलुङ, बाहिङ, मेवाहाङ लगायत १२ वटा किराती जातिहरुले आफ्नो वास्तविक जात लेखेर अलग्गै जातीय स्वपहिचान खुलाएका छन् । त्यस्तै भाषाकै कुरो गर्दा २०५८ मा ३ लाख ७१ हजार भएको कथित् राई भाषा १० वर्षमै अर्थात् २०६८ को जनगणनामा कसरी १ लाख ५९ हजारमा झर्यो ? के बीचको १० वर्षको अवधिमा राई भाषा बोल्नेहरु असाध्य रोग–व्याधी लागेर मरे ? तर वास्तविकता त्यस्तो होइन । वास्तवमा ‘राई’ भनेको विगतमा खास गरेर पृथ्वीनाराण शाहले सुरु गरेको नेपालको भगौलिक एकीकरणलाई उनका भाइ–भारदारको पालामा सकिएपछि/रोकिएपछिपूर्वका रिातीहरुलाई उनीहरुको भूगोलसमेत फुटार जस्तै वल्लो किरात, माझ किरात र पल्लो किरात गरेर किनेर पाइने पद वा पगरी थियो । त्यसैले २०३४/०३५ सालतिर सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा लगायत विभिन्न जिल्लाका बाहुन, क्षेत्री कुमाल, माझी, गुरुङ, मगर, मधेसी आदिले पनि ‘राई’ पद वा पगरी पाएका थिए । सुरुमा यस्तो ‘राई’ पद वा पगरी नेपालको भगौलिक एकीकरणपछि पूर्वका किरातीहरुले पाएका थिए । जुन ‘राई’ पद वा पगरी ‘राय’बाट अपभ्रंश भएको मानिन्छ ।
(थप केही आफ्नो परेमाः ०१४६२०२००, ९८६२४३६०४९, kehinajannekulung@gmail.com)