Logo

४ खेलाडी थपिँदा यस्तो हुनसक्छ बार्साको लाइनअप


काठमाडौं। च्याम्पियन्स लिगको सेमिफाइनलमा अप्रत्याशित नतिजा आएपछि शोकमा रहेको बार्सिलोनाका लागि सबैभन्दा नराम्रो सपना त्यही नै रह्यो । त्यसबाहेक अरु लिगमा भने बार्साले यस सिजन सुखद प्रदर्शन गरेको छ । बार्साले यो सिजन ला लिगा जितिसकेको छ र कोपा डेल रे को पनि फाइनलमा छ । भ्यालेन्सियाविरुद्धको यो फाइनल पनि जित्ने बार्साको दाउ छ । यद्यपि यस सिजन उनीहरुको सपना ध्वस्त पार्ने बार्सिलोना उनीहरुको लागि निकै भयानक बनेर आयो ।

अहिले समर ट्रान्सफर विण्डो खुलिरहेको छ । बार्साले यो ट्रान्सफरको सुरुवात फ्रेंकी डी जोङलाई ल्याएर गर्दैछ । अयाक्सका यी स्टारलाई ल्याउँदा बार्सामाथि ६५ मिलियन पाउण्ड भार थपिने अनुमान गरिएको छ । अर्कोतर्फ भेट्रान क्रोएसियन स्टार इभान राकिटिकलाई बार्साले बेच्ने तयारी गरिरहेको छ । राकिटिकलाई बेचेर बार्साले म्यान्चेस्टर युनाइटेड स्टार पउल पोग्बालाई ल्याउन चाहेको छ । पोग्बामाथि रियल मड्रिडका कोच जिनेदिन जिदानले आँखा लगाइरहेका छन् तर रियलको कट्टर प्रतिद्वन्द्वी बार्सा पनि उनलाई ल्याउनको लागि कुनै कसर बाँकी राख्न चाहँदैन । पोग्बा रियल मड्रिड जाने डिललाई ‘हाइज्याक’ गर्नको लागि बार्साले १३० मिलियन पाउण्ड खर्च गर्न तयार भएको रिपोर्टमा जनाइएको छ । अर्कोतर्फ राकिटिकले समेत आफू बार्सा छाडेर जाने हल्लालाई खारेज गर्दै आफू क्याम्प नोउबाटै सन्यास लिन चाहेको बताएका छन् । अर्कोतर्फ बार्साले अयाक्सका कप्ता म्याथिज डिलाइटलाई ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको रिपोर्ट सार्वजनिक भइरहँदा म्यान्चेस्टर युनाइटेड र लिभरपुलले समेत डिलाइटमाथि चासो देखाएका छन् । यद्यपि उनी डिजोङसँगै बार्सा आउन सक्ने सम्भावना बढी भएको बताइएको छ ।

एथ्लेटिको मड्रिडका फ्रेन्च स्टार एन्टोइन ग्रिजम्यानले समेथ एथ्लेटिको छाड्ने घोषणा गरिसकेका छन् । बार्साले ग्रिजम्यानलाई साइन गर्नको लागि प्रयास थालिसकेको छ र कप्तान मेस्सीले समेत उनलाई ल्याउन क्लवलाई भनिसकेको रिपोर्ट सार्वजनिक भएको छ । ग्रिजम्यानलाई ल्याएमा उनले फ्रन्ट लेफ्टमा मेस्सी र सुआरेजसँग लाइनअप लिन सक्छन् । यसो भएमा फिलिप कोटिन्होको बार्सामा भविष्य धरापमा पर्नेछ । ब्राजिलियन स्टार कोटिन्हो युनाइटेड वा चेल्सीमार्फत प्रिमियर लिगमा जान सक्ने सम्भावना बलियो छ । चेल्सीले कोटिन्होलाई इडेन हजार्डको रिप्लेसमेन्टको रुपमा हेरिरहेको छ किनकि हजार्ड रियल मड्रिड जाने तयारीमा छन् ।
-डिसी नेपाल

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्